सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम «

सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
सन नेपाल लाइफले कैलालिको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बिमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताअरुलाई सम्मान समेत गरेको छ ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्