‘कार्बन उत्सर्जन नियन्त्रण गर्न सशक्त पहल गर्नुपर्छ’ «

‘कार्बन उत्सर्जन नियन्त्रण गर्न सशक्त पहल गर्नुपर्छ’

यही अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई सशक्त रूपले उठाउनुपर्ने सरोकारवालाले बताएका छन् ।
जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्दाबारे छलफल गर्न यही अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदैछ । सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्र्सजनलाई न्यूनीकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण संरक्षण गर्दै आएको विषय उठाउनुपर्ने सरोकारवालाले बताएका हुन् ।
बिहीबार परराष्ट्र मामिला अध्यययन प्रतिष्ठानले विज्ञहरूसँग राखेको छलफल कार्यक्रमा उपस्थित विज्ञले सो सुझाव राखेको प्रतिष्ठानका सूचना अधिकृत सानुराजा पुरीले बताए । उनले भने, “हिमालका हिउँहरू पग्लिँदैछ । नदीहरूको बहाब बढ्दैछ । यसले आगामी दिनमा नेपाललगायत नेपालजस्ता अविकसित देशलाई के असर पर्छ र मूलरूपमा नेपालले विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइड ग्यासहरू छ, त्यो ग्यासको मिनिमाइजका लागि नेपालले सामुदायिक वन कार्यक्रमअन्तर्गत वनजंगललाई जोगाएर लामो समयदेखि वातावरण संरक्षण गर्दै आएको छ । यी मुद्दा पनि नेपालले उठाउनुपर्नेछ ।”
जलवायु परिवर्तनको असर नेपालमा प्रष्ट रूपले देखिन थालेको भन्दै उनले ती मुद्दाहरू उठाएर समाधानको प्रयास गर्नुपर्ने विषयमा केन्द्रित रहेर विज्ञसँग छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्