वर्षाले क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत «

वर्षाले क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत

?????? ??? ????? ?????????????? ??? ??????? ???????? ????????????????? ?????? ??????? ??????????? ???????????? ?????? ?????? ????????? ???? ?????? ??????? ????????? ??????? ????? ? ?????? ?????????? ????,????


सरकारले हालैको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कट्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार किसानलाई क्षतिको आधारमा राहत दिइनेछ । १० कट्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ बिघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको छ ।
कात्तिक १ गतेदेखिको लगातारको वर्षाका कारण आएको बाढी र डुबानका कारण देशका ७ वटै प्रदेशमा गरी सवा आठ अर्ब रुपैयाँको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकको प्रारम्भिक अध्ययनले देखाएको छ ।
धेरै ठाउँमा पाकेको धानबाली डुबानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।
धानको न्य्रनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने निर्णय सरकारले गरेको छ । किसानलाई राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र सो कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांकक छ । “उक्त क्षेत्रफलबाट ३ लाख २५ हजार २ सय ५८ टन धान उत्पादन हुने अनुमान थियो,” कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, “एक टनको २८ हजार रुपैयाँका दरले ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ क्षति भएको छ ।” मन्त्रालयको विवरण अनुसार प्रारम्भिक अध्ययनले सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा पुगेको देखिएको छ ।
लुम्बिनीमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । लुम्बिनीमा सबैभन्दा बढी बर्दियामा ११ हजार ५ सय ४०, कपिलवस्तुमा १० हजार ६ सय ९६, बाँकेमा ६ हजार ८ सय ७५ र रूपन्देहीमा ६ हजार ४ सय १० हेक्टरमा क्षति पुगेको छ । दोस्रोमा सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । त्यहाँ ५५ हजार हेक्टरमा असर गरे पनि क्षति भने १८ हजार हेक्टरमा भएको जनाइएको छ । उक्त क्षेत्रफलबाट १ अर्ब ९१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । सुदूरपश्चिममा पनि कैलाली र कञ्चनपुरमा बढी क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार तेस्रोमा प्रदेश १ मा ८० करोड रुपैयाँको धान क्षति भएको छ । प्रारम्भिक अध्ययनमा प्रदेश १ मा ४९ हजार ९ सय ४५ हेक्टरमा असर गरेकोमध्ये ७ हजार ४ सय ९२ हेक्टरमा क्षति पुगेको उल्लेख छ । उक्त क्षेत्रफलबाट २८ हजार ४ सय ६९ टन धान नष्ट भएको छ । प्रदेश १ मा सबैभन्दा झापामा १३ हजार १ सय २५, मोरङमा ९ हजार ८ सय ९६ र सुनसरीमा ९ हजार ७ सय २ हेक्टरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्