बाढीले दर्जन विद्युतगृहमा क्षति «

बाढीले दर्जन विद्युतगृहमा क्षति


बेमौसमी वर्षाका कारण जुम्लाका करिब दर्जन बढी विद्युतगृहमा क्षति भएको छ । गत असोज ३१ गतेदेखि तीन दिनसम्म लगातार भएको वर्षाले जुम्लाको विद्युत क्षेत्रमा ठूलो क्षति पु¥याएको हो ।
जिल्लाको तातोपानी र तिला गाउँपालिकाका करिब एक दर्जन विद्युतगृहमा बाढीले क्षति पु¥याएको पाइएको छ । बाढीले विद्युत आयोजनाको नहर, विद्युतगृह दुई स्थानीय तहका हजारांै बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । तातोपानी गाउँपालिकाका मात्रै पाँचवटा जलविद्युत आयोजनामा बाढीले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार तातोपानी–८ स्थित २१ किलोवाटको घट्टेखोला साना जलविद्युत आयोजना, सोही वडाकै इमिल्छास्थित ९ किलोवाटको साना जलविद्युत आयोजना, तातोपानी–७ को ताम्तीस्थित १८ किलोवाटको जलविद्युत आयोजनामा पूर्ण क्षति भएको छ ।
यसैगरी तातोपानी–४ स्थित २ सय किलोवाटको गिरिखोला साना जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । साथै हाँकु गाउँमा रहेको साना जलविद्युत आयोजनामा पनि क्षति पुगेको ४ नम्बर वडाध्यक्ष धिरज जैशीले बताए । उनले भने, “गिरिखोला विद्युत आयोजनाबाट भर्खरमात्रै बिजुली निकालेर गाउँमा लगिएको थियो । बत्ती बलेको खुसी साट्न नपाउँदै स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । स्रोत नहुँदा तत्काल पुनर्निर्माण गर्न सम्भव छैन ।”
बाढीले गिडिखोला जलविद्युत आयोजनाको २ सय किलोवाट क्षमताको विद्युतगृहमा रहेको आउटलेट क्यानल ५७ मिटर, इन्टेक कटान गरी पूरै संरचना पुरिएको विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।
गिडिखोला जलविद्युत आयोजनाबाट तातोपानीका बाइराँका, राँका, लिताकोट, जर्मी, बाबिरा, डाँगीबाडा, रावतबाडालगायतका दर्जनौ गाउँमा बत्ती पु¥याउने तयारी थियो । तर विद्युतगृह, नहर सबै बाढीसँंगै बगेपछि अन्धकारमा बस्न बाध्य भएको तातोपानी–४ का स्थानीय जशदिश नेपालीले बताए ।
गाउँपालिका अध्यक्ष न्यौपानेका अनुसार विद्युतमा क्षति हुँदा भेरीखोला क्षेत्रका इमिल्छा, टोप्ला, बारगाउ, ताम्ती, सर्मी, कयारकोट, डुंग्रीलगायत दर्जनौ बस्ती अन्धकारमा बस्न बाध्य छन् । तिला गाउँपालिका–४ मा रहेको नाङ्गाडा जलविद्युत आयोजनाको पोल र तार बगाएको छ । १६ किलोवाट क्षामताको विद्युत आयोजनाको पोल तार सबै बगाएपछि हाल विद्युत सेवा बन्द भएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् । उनका अनुसार बत्ती नहुँदा नागरिक त मर्कामा परेका छन् नै । घट्ट बाढीले बगायो मिल सञ्चालन गर्ने बत्ती नहँुँदा दैनिक छाक टार्न पनि मुस्किल हुने अवस्था छ ।
त्यस्तै, तिला गाउँपालिकाकै ४ नम्बर वडास्थित २१ किलोवाटको भेरीखोला लघुजलविद्युत आयोजनामा पनि क्षति भएको छ । बाढीले विद्युतगहृमा क्षतिसँंगै नहर भत्किएपछि विद्युत प्रवाह बन्द भएको स्थानीय नरबहादुर शाहीले जानकारी दिए ।
जिल्लामा राष्ट्यि प्रशारण लाइनमा जोडिए पनि गाउँगाउँमा लाइन नपुग्दा अधिकांश नागरिक सौर्य ऊर्जाकै भरमा छन् ।
बाढीले बगाएको तिला–४ को विद्युतगहृ । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्