आर्मी र एनआरटीलाई सफलता

राजधानीमा जारी भेट्रान फुटबल अन्तर्गत बुधबार भएका खेलमा विभागीय भेट्रान टोली त्रिभुवन आर्मी लगातार दोस्रो जित निकाल्दा र न्यूरोड टिम (एनआरटी) ले जित निकालेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एनआरटीले वि आर बर्दशलाई १–० ले पराजित गर्दा आर्मीले फर्पिङमाथि ४–१ को सहज जित निकालेको हो । एनआरटीलाई जित दिलाउनका लागि नरेन्द्रमान श्रेष्ठ थापाले गरेको गोल निर्णायक बन्यो । ४७औं मिनेटमा नरेन्द्रले गोल गर्दै टोलीलाई सुखद नतिजा दिलाएका हुन् ।
प्रतियोगिता अन्तर्गत आजै भएको दिनको पहिलो खेलमा विभागको टोली त्रिभुवन आर्मीले फर्पिङ स्पोट्र्स क्लबलाई ४–१ गोल अन्तरले पराजित जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै आर्मीले दोस्रो चरणमा स्थान बनाएको छ । आर्मीले २ खेलबाट स्पष्ट अंक जोडर समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
फर्पिमाथि सहज जित दिलाउनका लागि आर्मीका राजु तामाङले दुई गोल गरे । यस्तै विकर्ण श्रेष्ठ र नविन न्यौपानेले एक एक गोल गरे । फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए । यसअघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको थियो ।
प्रतियोगितामा विहीबार चार खेल हुनेछन् । पहिलो खेलका साइनिङ सन फुटबल एकेडेमी र खुमलटार, दोस्रो खेल झापा फुटबल र काभ्रे भेट्रान, तेस्रो खेल बुटवल नगरपालिका र चितवन भेट्रान तथा पोखरा एघार भेट्रान र झम्सीखेल भेट्रानबीच खेल हुनेछन् ।