चलाख युवतीले युवाहरूलाई हनी ट्रयापिङ गरि ७५ लाख बढीको ठगी «

चलाख युवतीले युवाहरूलाई हनी ट्रयापिङ गरि ७५ लाख बढीको ठगी

युवतीको व्यक्तित्व हेर्दा ठगी गर्लिन् जस्तो पटक्कै लाग्दैन । चिटिक्क जिउ डाल, गहुँगोरो अनुहार, आकर्षक पहिरन, भद्र स्वभावमा रातो ओठमा मिठो मुस्कान छ । कल्पना समेत गर्न सकिँदैन कीउनले व्यक्तिहरूलाई सजिलै ठगी गर्लिन् भनेर तर,तीयुवतीले आफ्नोे ‘मास्टर माइन्ड’ लगाएर ब्वाईफ्रेण्ड फेरी फेरी पैसा ठगीगरेको रहस्यखुलेको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पैसा ठग्दै हिँडेको आरोपमा सुनकोशी गाउँपालिका १ बल्खु, ओखलढुङ्गाकी २८ वर्षीय देवी थापा पक्राउ परेकी हुन् । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो ।उनी काठमाडौंमा बसेर बुटिक संचालन गर्दै आएकी थिइन् ।

ओखलढुङ्गाका एक युवालाई खातामा पैसा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो । खातामा रकम नभएको जान्दा जान्दै ११ लाख ५० हजारको चेक दिएपछि तीयुवा युवतीविरुद्ध चेक बाउन्सको उजुरी लिएर परिसर पुगेका हुन् ।

एसपी बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनिउनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । उनीविरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

युवती पक्राउ परेको दुई दिनबित्दा आरोपीले कम्तीमा ६ जना युवाहरूलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको बुझिएको छ । उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपालप्रहरीका सईसँग १७लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको स्रोतले जनाएको छ ।

थापाले सामाजिक संजालबाट एक युवालाई आफै बोलाएर भन्छिन् मलाई हजुर कति ह्यान्डसम लागो के म हजुरको गलफेन्ड बन्न सक्छु ? थापासँग सामाजिक संजालमा कुरा गरेकाएक युवाले भने तीयुवतीलाई हेर्दा नकारात्मकलाग्दैन् थ्यो । तर, सुन व्यापारी, प्रहरी, मोडल देखिनुनव्यापारी सबैलाई मुस्कान दिँदै मायाजालमा फसाएर पैसा लुट्ने कार्य गरेकी रहेछिन् ।

एसपी बस्नेतले पक्राउ परेकी युवतीबाट ठगिएका कोही भएन जिकैको प्रहरी कार्यालयको सम्पर्कमाआउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्