सुनसरीमा नेकपा विवाद धरानमा अलग–अलग अधिवेशन, इटहरीमा पनि हस्तक्षेप «

सुनसरीमा नेकपा विवाद धरानमा अलग–अलग अधिवेशन, इटहरीमा पनि हस्तक्षेप

सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष चयनको विषयमा विवाद देखिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओली पक्षअसहमत देखिएकाले जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी र रमेश बस्नेतबीच आधिकारिक अध्यक्षमा विवाद देखा परेको हो ।

३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता हुनुभन्दा अगाडिका अध्यक्षलाई ओलीपक्षले स्वीकार नगरेपछि विवाद देखिएको बस्नेत समर्थकहरूको भनाइ छ । भण्डारी ओलीपक्षका हुन् भने बस्नेत माधव नेपालपक्षले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरूको पक्षका हुन् ।

भण्डारीले २ कात्तिकमा पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गर्दै विज्ञप्तिसमेत जारी गरेका छन् । भण्डारीको यस्तो धारणाप्रति बस्नेत रुष्ट बनेका छन् ।

एमाले सचिव एवम् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला सुनसरीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको हो भने यही विवादले शनिबार सुनसरीका केही वडामा अधिवेशन पनि रोकियो ।

सुनसरीको धरान र इटहरीमा नेकपा एमालेको नगर अधिवेशनमा भाँडभैलो मचिएको छ । धरानमा नेकपा एमाले धरानको विवाद नमिले पछि धरानमा दुई समूहले छुट्टाछुट्टै नगर अधिवेशन गर्ने तय गरेका हुन् ।

यस्तै, इटहरी उपमहानगर अध्यक्षका उम्मेदवार याम सुब्बा र अर्का अध्यक्षका उम्मेदवार शिवनारायण चौधरी पक्षमा नेताहरू ध्रुवीकृत भएकाहुन् ।कार्तिक ९ गते मंगलबार देशैभरि एकैपटक पालिका अधिवेशन उद्घाटन भएको हो । खुल्ला सत्रको उद्घाटनमा नै विवाद देखिएको इटहरी एमालेको अधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन । गुटगत भेलानगर्न आग्रह गर्दै प्रतिनिधिहरूले नेताहरूलाई भेलाबाट निकालेका हुन् ।

यस्तो छ सुनसरीमा एमाले विवाद

कात्तिक २ गते नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीका नामबाट एउटा प्रेस विज्ञप्ति जारी भएको थियो । जसमा कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गरिएको थियो ।

तर, अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठक अवैधानिक एवम् विधानविपरीत भएको भन्दै बस्नेत पक्षले आपत्ति जनाएको थियो ।

भण्डारीको अध्यक्षतामा सचिवालयको बैठक बसेको खबर बाहिर आएपछि कात्तिक ३ गते नेकपाएमाले सुनसरी जिल्ला कमिटीको लेटरप्याडमा बस्नेत र जिल्लाइञ्जार्च धर्मराजनिरौलाको हस्ताक्षरमा अर्को वक्तव्यजारी गरिएको थियो।

विज्ञप्तिमा १०बुँदे सहमतिअनुसार सुनसरी जिल्ला कमिटीको अध्यक्ष रेवतीरमण भण्डारी नभएर रमेश बस्नेत भएको उल्लेख गरिएको थियो।

‘२०७५ जेठ २ गते कायम रहेका कमिटीहरूको निर्देशनबाहेक अन्यअनधिकृत व्यक्तिद्वारा निर्देशितनिर्देशन र जानकारीमाभ्रममानपर्न पार्टी पङ्क्ति र सम्बद्ध निकायमा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।

सुनसरी जिल्लामागत पुस ५ पछि समानान्तर जिल्ला कमिटीहरू थिए। नेकपा फुटेर एमाले बनिसकेपछि बस्नेतको अध्यक्षता एउटा जिल्ला कमिटी बन्यो। केपीओली समूहबाट रेवतीरमण भण्डारीको अध्यक्षतामाअर्को समानान्तर जिल्ला कमिटी बन्यो।

माओवादीसँग पार्टी एकताहुनुपूर्व २०७५ जेठ २ अघिको अध्यक्ष रमेश बस्नेत थिए।तत्कालीनअध्यक्षद्वारिकलालचौधरी इटहरीका मेयर बनिसकेपछि रमेश बस्नेत एमालेको जिल्लाअध्यक्षबनेकाथिए। २०७७ पुस ५ गते केपीशर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्रविवाद सुरू भयो। र, त्यहीबेलाओलीपक्षले रेवतीरमण भण्डारीको अध्यक्षतामाजिल्ला कमिटी पुनर्गठन ग¥यो।

उताअध्यक्ष बस्नेत नेतृत्वको कमिटी चाहिँ संसद विघटनविरोधीआन्दोलनमाहोमियो। २०७७फागुनमा सर्वोच्चअदालतले नेकपा फुटाएपछि ओलीपक्षले रेवतीरमणलाई नै आधिकारिक अध्यक्षदाबीगर्दै आएको छ र उसले रमेश बस्नेतको कमिटीलाई मान्यतानदिने बताउँदै आएको छ।

बस्नेत पक्षले १० बुँदेलाई मान्यतादिनुपर्ने र जेठ २ पूर्वकै कमिटीलाई मान्यतादिनुपर्ने बताउँदै आएको छ। ओलीपक्षका नेताहरूले चाहिँ १० बुँदे सुनसरीमालागू नहुने र रमेश बस्नेतलाई कुनै हालतमाअध्यक्षनमान्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्