बेमौसमी वर्षाले कृषिमा क्षति «

बेमौसमी वर्षाले कृषिमा क्षति

नेपालमा विभिन्न समयमा आइरहने प्राकृतिक विपत्तिले तर्साइरहन्छ । त्यस्ता विपत्तिले आममानिसको रातमा निद त दिनको चैन नै हराएर जान्छ । वर्षाको समयमा पहाडमा जाने बाढीपहिरोको प्रकोप, त्यस्तै तराई भेगमा हुने डुबानले बर्सेनि मानवीय क्षति हुँदै आइरहेको छ । क्षति न्यूनीकरणका निमित्त सरकारका तर्फबाट पूर्वतयारीका कार्यक्रम खासै प्रभावकारी रूपमा लागू गर्न भने सकेको छैन ।
जब विपत्ति आइपर्छ तब सरकार र सरकारका प्रतिनिधि प्रभावितलाई राहतले नै टार्न मात्र खोजिरहेको लख काट्न आममानिसलाई गाह्रो पर्दैन । विपद् जोखिमको न्यूनीकरणका निमित्त पूर्वतयारीमा ध्यान नदिँदा हरेक विपत्तिमा अनाहक जनधनको क्षति बेहोर्नुपरेको छ । अनाहकै ज्यान गुमाइरहनुपरेको छ ।
निरन्तरको वर्षाले पहाडी भेगमा बाढीपहिरोले नगन्य क्षति पु¥याइरहेको अवस्था छ । अझ यो वर्षाले कर्णाली र गण्डकी प्रदेशमा ठूलो मात्रामा क्षति पु¥याएको छ । तराईलाई कृषि क्षेत्रका निमित्त पकेटका रूपमा लिइन्छ । तराईको कृषि उत्पादनले मुलुकको केही हिस्सा ओगटेको छ । नेपालको प्रमुख आम्दानीको स्रोत नै कृषि हो । तर, कृषि उत्पादनलाई नै गुमाउनुपर्दाको पीडा सायदै सहन सकिँदैन । हो, त्यस्तै पीडा अहिले किसानलाई भएको छ । धरधरी रुनुपरेको छ । यो बेमौसममा आएको वर्षाले कृषि क्षेत्रमा ठूलो असर परेको छ ।
भनिन्छ, मानो रोपेर मुरी उब्जाउने किसानहरू यतिबेला पुर्पुरामा हात राखेर प्रकृतिलाई धिक्कार्दै बसिरहेका छन् । बेमौसमी वर्षाले तराईका विभिन्न जिल्लाका कृषि क्षेत्रमा असर पु¥याएको छ । तराई भेगसँगसँगै पहाडी भेगमा समेत क्षति पुगेको छ ।
विशेष गरी तराईका कृषकका धानबालीमा क्षति पु¥याएको छ । तराईका रौतहट, विराटनगर तथा कपिलवस्तुमा ठूलो मात्रामा काटेर राखेको धान र काट्न ठिक्क पारेको धानबाली वर्षामा डुब्दा कृषक निकै चिन्तित भएका छन् । तराईका ८ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । किसानले काटेर राखेको धान वर्षाले डुबाउनुका साथै काट्न ठिक्क भएको धानमा समेत असर पु¥याएको छ ।
तराई अन्न भण्डारणको प्रमुख स्थान हो, अनि यो समय भनेको किसानहरूको बाली भिœयाउने समय हो ।
अधिकांश किसानले आफ्ना खेतबारीमा लगाएको धान काटेर राखेका मात्र के थिए, यो बेमौसमी वर्षाले ठूलो मात्रामा क्षति पुग्यो । यो क्षति भनेको सिंगो मुलुककै क्षति हो । किसानहरूको खेतमा काटेर राखेको धान डुबानमा पर्दा वर्षभरि खाने अन्न गुमाउनुपर्दाको ती किसानको पीडा हामी कल्पनासमेत गर्न सक्दैनौं । वर्षाले क्षति पु¥याएको धानबाली एउटा कृषकको मात्र उब्जनी होइन, सिंगो मुलुककै उब्जनी हो । त्यो एक किसानले उब्जाएको अन्नले हजारौंको पेट भरिन्थ्यो ।
तर, अहिले किसानलाई ठूलो बज्रपात परेको अवस्था छ । यथाशीघ्र ती किसानहरूलाई सरकारका तर्फबाट राहतको व्यवस्था हुनु जरुरी छ । यो सँगसँगै विपत् व्यवस्थापनका निमित्त पनि सरकारले यथोचित कदम चाल्नु जरुरी छ । तर, किसान मारमा पर्न दिनु भने हुँदैन ।
—विनोद पौडेल

प्रतिक्रिया दिनुहोस्