सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक «

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो। कम्पनीको आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ छ ।
उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्तरुपमा अनावरण गरेका हुन् । अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
कम्पनीका सञ्चालक झाले उक्त कार्यक्रममा बिमाको महत्व र नयाँ लोगोको आवश्यकताबारे प्रकास पारे । नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने उनले बताए ।
लोगोको रंगले कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्ने जनाउँछ ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बिमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए । त्यसैले कम्पनी व्यवस्थापन सञ्चालक समिति, बिमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्