नागरिक उड्डयन प्राधिकरणमा क्षेत्री «

नागरिक उड्डयन प्राधिकरणमा क्षेत्री

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ । सोमाबार बसेको मन्त्रिपरिषदले क्षेत्रीलाई हवाई सेवाको नियामक निकाय प्राधिकरणको सर्बाेच्च पदमा नियुक्त गरेको हो ।
तत्कालिन महानिर्देशक राजन पोखरेलले अवकास पाएसँगै वरिष्ठको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकमा जिम्मेबारी दिएको थियो । उनै क्षेत्रीलाई सरकारले महानिर्देशकमा नियुक्त गरेको हो । बुधबार क्षेत्रीले महानिर्देशकमा पदवहाली गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्