भरुवा बन्दुक चलाउँदा बालकको ज्यान गयो «

भरुवा बन्दुक चलाउँदा बालकको ज्यान गयो

जिल्लाको खत्याड गाउँपालिका—१० डुमाना गाउँका एक घरभित्र राखेको धरुवा बन्दुक खेलाउँदा १० वर्षीय बालकको ज्यान गएको छ ।
खत्याड गाउँपालिका—१० डुमान गाउँका परे रावलको घरभित्र भरेर राखेको भरुवा बन्दुक खेलाउदा सोही वडाका अमरसिंह रावलका १० वर्षीय छोरा विकास रावलको शुक्रबार घट्ना स्थलमै ज्यान गएको छ ।
घर आगनको बारीमा रोपेको आलु मकै दुम्सीले सखाप बनाउन थालेपछी दुम्सी मार्न भरेर तयारीमा राखेको भरुवा बन्दुक घरमा कोही नभएका बेला बन्दुक धनी परे रावलका वर्ष ८ का तीर्थ रावल सोही वडाका बिरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकाया घरमा कोही नभएका बेला भरेर राखेको उक्त बन्दुक खेलाउँदा विकासको ज्यान गएको खत्याड गाउँपालिका—१० का वडा अध्यक्ष तिलक रावलले जानकारी दिएका हुन् ।
उक्त घट्ना शुक्रबार ५ दिउँस १ बजेतिर भएको हो ।
घरमा कोही नभएका बेला परे रावलले भरेर राखेको भरुवा बन्दुक रावलका छोरासहित अन्य दुई बालककले खेलाउँदा पड्केर विकासको ज्यान गएको हो । विकासको ज्यान गइसकेपछि २ बजेपछि सुकाढिक प्रहरी चौकीलाई स्थानीयले खबर गरेपछि सुकाढी प्रहरी चौकी र इलाका प्रहरी चौकी रातापानीबाट प्रहरी घट्ना स्थलमा पुगी घट्नाको मुचुल्का गरी मृतक बालकको ७ गते प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा पोष्टमार्टम गरी शव घरपरिवारलाई बुझाइएको छ ।
अबैध भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले बन्दुक धनी परे रावललाई हतियारसहित नियन्त्रणमा लिएको छ । रावललाई अवैध हातहतियार खरखजनासम्बन्धी मुद्दा दर्ता हुनुका साथै घट्नामा संलग्न अन्य दुईबालकलाई परिवारको रोहबरमा घट्नाकाबारे सोधपुछ गर्न उनका अभिवकसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चित्रबहादुर भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्