Logo

बैंकद्वारा गाउँपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहु“चका लागि समझदारी

नबिल बैंकले सुर्खेतको बराहताल गाउँपालिकासँग दिगो बैंकिङ सेवाअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहु“चका लागि समझदारी गरेको छ । नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा र गाउ“पालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सो साझेदारीमार्फत गाउ“पालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहनेहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउनेछ ।
साथै त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन हुने बताइएको छ । त्यस्तै बैंकले बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले सम्झौताले बराहताल गाउ“पालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताएका छन् । त्यस्तै गाउ“पालिकाका अध्यक्ष बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडीमुलुक पलायन हुनबाट रोक्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याइ गाउ“पालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउ“पालिकाबासीको उपस्थिति थियोे । नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन ‘नबिल दिगो बैंकिङको’ सुरुवात गरेको हो ।
सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्