हलेसी–जयराम सडक खण्डमा ऐना «

हलेसी–जयराम सडक खण्डमा ऐना

सडक दुर्घटना न्यूनीकरणका लागि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडक खण्डका विभिन्न घुम्तीमा सडकमा ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रि–धार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एकमात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा स्ट्यान्डसहितको ठूलो सडक ऐना राखिएको हो ।
दैनिक हलेसी आवतजावत गर्ने अन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थी सवार सवारी साधनको बाक्लो ओहोरदोहोर हुने सडकमा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले हलेसी तुवाचुङ नगरपालिकासँगको सहकार्यमा सडकका जोखिमपूर्ण मोड छानेर ऐना राखेको हो । अस्ट्रेलियन रेडक्रसको आर्थिक सहयोग, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिज (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा जिल्लामा सञ्चालन भइरहेको समुदायमा आधारित विपद जोखिम न्यूनीकरण (सिबीडीआरआर) कार्यक्रमअन्तर्गत सडक ऐना राखिएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत अच्यूत अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्