नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौंबीच सहकार्य «

नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौंबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौंको तर्फबाट अमर राजभण्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब बैंक अफ काठमाडौँसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको फण्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराएको जनाएको छ ।
नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो । जसले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने जनाएको छ ।
नेपाल पेमेन्ट सोलुसनले अधिकाशं क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्