नेपाल एसबिआई बैंकका अध्यक्षद्वारा सपथ ग्रहण «

नेपाल एसबिआई बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

नेपाल एसबिआई बैंक सञ्चालक समितिका अध्यक्ष राजिव अरोराले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनियताका सपथ गराएका हुन् । बैंकको सञ्चालक समितिले अरोरालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई समूहको रणनीति, व्यवसाय प्रवद्र्धन, सञ्चालन प्रभावकारीता तथा समूहको अन्य मामिलाको पनि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्