केएनपिका नयाँ उत्पादन नेपाली बजारमा «

केएनपिका नयाँ उत्पादन नेपाली बजारमा

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले नेपाली बजारमा केएनपि ब्यूटी गोल्ड वासेवल ल्याएको छ ।
विशेष गरी नेपालका घरलाई लक्षित गरेर लञ्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागलाई सफा गर्न सकिने कम्पनीको दावी छ । आर्कषक चमक रहेको यस एन्टी ब्याकटेरीयल केएनपि ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रंगमा धेरै क्षेत्रफल पेन्ट गर्न सकिने कम्पनीले जनाएको छ ।
पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागसमेत हटाउने क्षमता राखी भित्तालाई वर्षौंसम्म नयाँ जस्तै राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी (हानिकारक केमिकल) रहित पेन्टलाई सशक्त रुपमा अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरणको प्रचार–प्रसार गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्