महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन «

महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।
कम्पनीले यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा÷उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरु सहभागी थिए । सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो व्यवसायिक प्रतिवेदन पेस गरेका थिए । भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रमका बारेमा क्षेत्रगत छलफल भएको थियो ।
कार्यक्रमको दोस्रो दिन कात्तिक ६ गते कम्पनीका सम्पूर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको नेशनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । सम्मेलनको अन्तमा २०७८÷०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरिएको कम्पनीले जनाएको छ ।
सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो । बिमा जनचेतना अभिवृद्धिको लागि यो आवभित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा युवासँग (महालक्ष्मी लाइफ) कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले (युवासँग महालक्ष्मी लाइफ) कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्