जावा मोटरसाइकलको यात्रा «

जावा मोटरसाइकलको यात्रा

जावा मोटरसाइकलले नेपालका लागि आधिकारिक वितरक अग्नि मोटोइंकको सहकार्यमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ ।
क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालक, सञ्चारकर्मी र प्रभावशालीहरूसँगै यात्रा गरेका थिए ।
नेपाल भारतीय उपमहाद्वीपभर प्रिमियम दुई पाङ्ग्रेको बजारको रुपमा उदाउँदै आएको कम्पनीको दावी छ । यसले जावा मोटरसाइकलका लागि महत्वपूर्ण अवसरको प्रतिनिधित्व गर्ने बताइएको छ । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ ।
क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखि भारतमा जावा मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको जनाएको छ । नेपालमा ब्राण्डलाई अझ बढी सुदृढ तुल्याउने र भारतमा जस्तै जावा प्रेमीहरूको मन जित्ने कम्पनीले विस्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्