सोनीलिभको सेवा नेपालमा विस्तार «

सोनीलिभको सेवा नेपालमा विस्तार

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटीटी प्लेटफर्म, ‘सोनीलिभ’ ले टेलिनेट प्रालिसँग मिलेरआफ्नो सेवा नेपालमा विस्तार गरेको छ ।
यो ओटीटी प्लेटफर्म आईओएस, एण्ड्रोइड र वेवमा उपलब्ध छन् । यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामग्रीहरुको ठूलो भण्डार समावेस रहेको जनाइएको छ ।
नेपालका ग्राहकहरुले वेवसाइटमा गई सोनीलिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट इ–सेवा, आईएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ । नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लाटफर्म सोनिलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक पुनः बिक्रेता हो।
सोनीलिभका सव्सक्राइबरहरुले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री, आदि यही प्लाटफर्म मार्फत हेर्न सकिनेछ । प्रयोगकर्ताहरुले यी सामग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टिभीमा हेर्न सक्नेछन् भने कुनै पनि सदस्यले ५ वटा सम्म प्रोफाइल बनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्