एडभोएको फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेशन फेयर सम्पन्न «

एडभोएको फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेशन फेयर सम्पन्न

उच्च शिक्षा हासिल गर्न बेलायत जान चाहाने विद्यार्थीलाई लक्षित गरी एडभोएले काठमाडौंको एभरेष्ट होटल र चितवनको दी फर्न रेजीडेन्सिमा एकै साथ फ्रि भर्चुयल एण्ड हाइब्रिड एजुकेशन फेयर सम्पन्न गरेको छ ।
एडभोएले युकेमा रहेकका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग कार्यक्रममा उपस्थित रहेका विद्यार्थीलाई प्रत्यक्ष रुपमा युकेमा विद्यार्थीले पढ्ने विषय, योग्यता, अवसर र उनीहरुले त्यहाँ रहँदा गर्नुपर्ने कामका बारेमा जानकारी दिएको थियो । काठमाडौंको एभरेष्ट होटल र चितनवको फर्न रेजिडेन्सिमा गरी फ्रि भर्चुयल एण्ड हाइब्रिड एजुकेशन फेयरमा प्रत्यक्ष र भर्चुयल गरी करिब एक हजार विद्यार्थीहरुलाई परामर्श प्रदान गरीएको थियो ।
उक्त कार्यक्रममा पहिलो सत्रमा वेविनार तथा दोस्रो सत्रमा विद्यार्थीलाई इन्टरनेटका माध्यमबाट युकेका विभिन्न विश्वविद्यालयसँग जोड्ने काम गरिएको एडभोएका प्रबन्ध निर्देशक फिलिप डिसीले जानकारी गराएका थिए । डिसीले एडभोए एउटा डिजिटल प्लेटफर्म भएको जानकारी दिँदै विद्यार्थीहरुले घरमै बसेर पनि ल्यापटप वा मोबाइल्को माध्यमबाट युकेमा रहेका हजारौ कोर्सहरु र सयौं विश्वविद्यालयमा निवेदन दिन सकिने जानकारी दिइएको छ ।
सो कार्यक्रममा विद्यार्थीहरुले फ्रि भर्चुयल एण्ड हाइब्रिड एजुकेशन फेयरमा सहभागी भएर आफूले स्टडी इन युकेका बारेमा एकै ठाउँबाट सम्पूर्ण जानकारी प्राप्त गराइदिएकोमा खुशी व्याक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्