Logo

हानका पूर्वअध्यक्ष श्रेष्ठको निधन

होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको होटल एसोसिएसन नेपालले जनाएको छ ।
१९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठले दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए ।
उनले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । स्वर्गिय श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्