हस्तकला कोसेली मेला «

हस्तकला कोसेली मेला

सोमबारबाट हस्तकला कोसेली मेला सुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।
१० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुने छ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए ।
२५ वटा स्टल रहने मेलाको मुख्य उद्देश्य हस्तकला सामग्रीको आन्तरिक बजारमा विस्तार एवं प्रवद्र्धन रहेको महर्जनले बताए । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्