युवकले जिते साढे १४ करोडको लटरी, आफन्तले थाहा नपाउन् भनेर मास्क लगाएर पुगे इनाम लिन «

युवकले जिते साढे १४ करोडको लटरी, आफन्तले थाहा नपाउन् भनेर मास्क लगाएर पुगे इनाम लिन

वासिङटन-जमैकाका एक युवकले अमेरिकामा १० लाख पाउन्ड अर्थात १४ करोड ४० लाख रुपैयाँको चिठ्ठा जितेका छन् । जब यो चिठ्ठा लिने समय आयो उनले लटरी अधिकारीलाई ५४ दिन सम्म कुराए । पछि उनी आफ्ना नातेदारबाट लुक्दै भूतको मास्क लगाएर पुरस्कार रकम लिन पुगेका थिए । एक वेबसाइका अनुसार युवकको नाम ए क्याम्पबेल हो । उनले कुनै पनि आफन्तले आफुलाई नचिनुन् भन्नका लागि मास्क लगाएर चिठ्ठाको रकम लिने निर्णय गरेका हुन् ।
क्याम्पबेलले रकम लिएको तस्बिर आयोजकले सामाजिक सञ्जालमा देख्न सकिन्छ । आफ्नो लालची नातेदारलाई पैसा बाड्न आफु अनिच्छुक भएकाले क्याम्पबेलले यसो गरेको बताए । क्याम्पबेलले लगाएको मास्क हलिउड फिल्मको ‘स्क्रीम’ मा लोकप्रिय भएको थियो ।
क्यारेबियन मुलुकमा सामान्य रुपमा मानिस आफ्नो पहिचान लुकाएरनै चिठ्ठाको रकम लिन जाने गर्छन् । यसको प्रमुख कारणमा यी मुलुकमा अपराधको दर उच्च छ । पहिचान खुल्दा पैसाका लागि आफु र आफ्नो परिवारलाई मार्ने सम्भावना भएको याहाँका मानिसहरुलाई लाग्ने गरेको छ । गत वर्षको जुन महिनामा पनि एक लटरी विजेता स्माइलले इमोजी लगाएर रकम लिन पुगेका थिए । उनले १८ करोड जमैकन डलर अर्थात् १५ करोड २० लाख रुपैयाँ जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्