भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्र्छ : प्रचण्ड «

भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्र्छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व भारतिय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।
उनले भारतिय प्रधानमन्त्रीले संविधानसभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले तालि बजाएको कुरालाई स्मरण गर्दै उनले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा तालि बजाउनेहरुलाई तालि बजाइरहने बनाउन पनि आग्रह गरे । नेपाल भारत सिमा समस्या रहेको उल्लेख गर्दै उनले सिमा समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे ।
उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपु¥याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपु¥याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देश बिचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे ।
उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताए । भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजि झुठो भएको पनि उल्लेख गरे । माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्