वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश राणाको राजीनामा «

वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यति धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधिश जबरा आफैंको व्यक्तित्वलाई बढि क्षति हुन नदिन पनि तत्काल राजीनामा दिन उपयुक्त हुने तर्क गरे । उनले न्यायालयलई यति धेरै विवादमा ल्याउने प्रधानन्यायाधिश जबरालाई पदमा बसिरहन नैतिकताले समेत नदिने बताए ।
अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरे । उनले न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र उनको विकल्प खोजी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । न्यायालयमाथि अति गरेकाले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले बताए । उनले नेपालको इतिहासमै न्यायपालिकाले कार्यपालिकासँग समेत लेनदेनको काम काम गर्नु दुःखद् भएको उल्लेख गर्दै त्यस कामको नेतृत्वकर्ताको हैसियतमा प्रधानन्यायाधिश जबराले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता महतोले न्यायपालिकको अस्तित्वनै खतरामा पार्ने काम न्यायालय प्रमुखबाटै हुने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्