अफगान नागरिकको बयान सुरु «

अफगान नागरिकको बयान सुरु

नाका छलि गरेर नेपाल प्रवेश गरेकोमा पक्राउ परेका अफगानी नागरिकलाई अध्यागनम विभागले कारबाही सुरु गरेको छ । सोमबार ११ अफगानी नागरिक पक्राउ परेको र उनीहरुको बयान लिने र अनुसन्धान गर्ने काम भैरहेको विभागका निर्देशक झंंकनाथ ढकालले बताए ।
अध्यागन ऐन अनुुसार यसरी नाका छलि नेपाल प्रवेश गरेका विदेशीको हकमा विभागले देश निकाला तथा महानिर्देशकले भिसा शुल्कमा १ सय ५० प्रतिशत सम्म शुल्क लिएर जरिवाना गर्न सक्ने कानूनी अधिकार रहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सोमबार बिहान सिनामंगलबाट पक्राउ गरेको विभागको भनाइ छ । पक्राउ पर्नेमा ११ अफगानी नागरिक रहेका छन्
अफगानिस्तानमा पछिल्लो समय राजनीतिक घटनाक्रम विकसित भएर तालिबानले सत्ता सम्हालेपछि पक्राउ परेका अफगानी नागरिक भारत हँुदै नेपाल प्रवेश गरेका हुन् । रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नाकाको अध्यागमन कार्यालय हुँदै नेपाल प्रवेश गरेको पाइएको निर्देशक ढकालले बताए ।
अध्यागन कानूनको बर्खिलाप गरेको आधारमा विभागले कारबाही गर्ने र यसको लागि विभागले पक्राउ परेकासँग बयान लिने काम गरिरहेको छ । विभागले जरिबाना लिएर स्वदेश नै फिर्ता गर्ने वा जरिवाना लिएर महानिर्देशकले कारबाही गर्ने सक्ने विकल्प रहेका छन् । बिहान पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागमा आवश्यक कारबाहीको लागि बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्