ज्योति स्मार्ट सेभिङ बचत खातमा नयाँ सुविधा «

ज्योति स्मार्ट सेभिङ बचत खातमा नयाँ सुविधा

ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निशुल्क डिम्याट र निशुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बचत संगसंगै डिम्याट खाता र मेरो शेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ खाता सञ्चालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क सिआस्वा, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन् ।
साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुका लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ ।
ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन् । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्