ग्लोबल आइएमई बैंकको नयाँ शाखा ललितपुरको मंगलबजारमा «

ग्लोबल आइएमई बैंकको नयाँ शाखा ललितपुरको मंगलबजारमा

ग्लोबल आइएमई बैंकले ललितपुर महानगरपालिका–१६,मगंल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्