डिशहोम फाइबरनेट जडानमा नयाँ अफर «

डिशहोम फाइबरनेट जडानमा नयाँ अफर

डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ ।
कम्पनीले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपैयाँ खर्चिनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् ।
साथै डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट ८ सय ९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस्