प्याजको मूल्य नियन्त्रण गर्न उत्पादनमा जोड «

प्याजको मूल्य नियन्त्रण गर्न उत्पादनमा जोड

हालैको चाडपर्वले भारतमा प्याजको मूल्य महँगिएपछि यसको असर नेपालको स्थानीय बजारमा परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य कात्तिकको पहिलो हप्ता प्रतिकेजी ७५ रुपैयाँदेखि ८० रुपैयाँ तोकिएको छ । असोजमा प्रतिकेजी ४६ रुपैयाँमा बिक्री भएको प्याज यतिबेला बढेर प्रतिकेजी ८० रुपैयाँसम्म पुगेको हो । यसरी प्याजमा गत हप्तामा मात्र करिब ७४ प्रतिशतले मूल्य बढेको छ । एक महिनामै प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँले बढेको देखिन्छ ।
अन्य बेलाको तुुलनामा दसैंमा प्याजको माग ह्वात्तै बढ्ने हुँदा भाउ बढेको हो । अघिल्ला वर्षहरूका दसैंमा पनि प्याजको मूल्य बढ्ने गरेको थियो, तर यो वर्षजस्तो धेरै महँगो नभएको उपभोक्ताहरू बताउँछन् । असोज २० सम्म प्रतिकेजी ४५ रुपैयाँमा किनबेच भएकोमा घटस्थापनामा प्रतिकेजी ६० रुपैयाँ हुँदै फूलपातीसम्म ८२ रुपैयाँ पुगेको छ । दसैं सुरु भएयता प्याजको भाउ थोकमै प्रतिकेजीमा ३७ रुपैयाँमा महँगो भएको हो ।
व्यापारीहरू भने प्याज दसैंका कारण भन्दा पनि भारतमै महँगो भएकाले यसको असर नेपाली बजारमा परेको बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले कालीमाटी तरकारी बजारमा प्याजको भाउ थोकमै ८० देखि ८२ रुपैयाँमा कारोबार भएको छ । समितिका अनुसार भारतीय बजारमा प्याजको मूल्य बढ्न थालेकाले यसको असर कालीमाटी बजारमा परेको छ ।
प्याजको अफ सिजन सुरु भएसँगै चाडपर्वले भारतीय बजारमा प्याज महँगो भएको, भारतीय बजारमा प्याजको मूल्य बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले भनेको छ ।
बेमौसमसँगै चाडपर्वले भारतीय बजारमा प्याज महँगो भएको कुरामा सत्यता छ । चाडपर्वमा हरिया तरकारीको मूल्य बढ्ने गरेको थियो । हुन त प्याज नभइनहुने तरकारी भने होइन । तर, प्रयोग गरिरहेका उपभोक्ताले मूल्य बढे पनि खरिद गर्न छोड्दैनन् । यसले गर्दा चाडपर्वमा बजारमा प्याजको मूल्य बढ्दा उपभोक्ता थप मारमा पर्ने गरेका छन् ।
प्याजको मूल्य भारतीय बजारसँग निर्भर रहेको छ । उता मूल्य बढे यहाँ पनि बढ्छ । यतिबेला भारतबाट दैनिक ८० देखि १ सय टनसम्म प्याज आयात हुँदै आएको छ । कुनै समय आयात कम हुँदा मूल्य बढ्ने गरेको थियो । बजारमा खपत कम भए पनि भारतीय बजारका कारण प्याजको मूल्य प्रतिकेजी ८० रुपैयाँ थोकमै पर्न थालेको छ ।
हरेक वर्ष चाडपर्वको समयमा प्याजको मूल्य बढ्ने गरेको छ । अहिले आयात कम भएर प्याजको मूल्य बढेको होइन । भारतमा प्याजको मूल्य एक सातामा प्रतिकेजी २० रुपैयाँसम्म बढेको पाइएको छ । यसले गर्दा स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो । अबको केही समय प्याजको मूल्य अझ केही बढ्छ । नयाँ उत्पादन आउन अझै केही समय लाग्ने हुनाले मूल्य महँगिन सक्ने सम्भावना छ ।
हाल बजारमा बिक्री भइरहेको प्याज सबै आयातित प्याज हो । स्वदेशी उत्पादनले थोरै समयमात्र माग धान्ने गरेको छ, जसले गर्दा नेपालमा बर्सेन २ अर्बभन्दा बढी रुपैयाँको प्याज भारतबाट मात्र आयात हुने गरेको छ ।
नेपालमा दैनिक ८० देखि १ सय मेट्रिक टनसम्म प्याज खपत हुुने गरेको र यो बेलामा प्याजको सबै माग भारतले धान्ने गरेको छ । हरेक वर्ष चाडपर्वको समयमा प्याजको मूल्य बढ्ने गरेको र अहिले माग बढी भएर मूल्य बढेको नभई भारतमै भाउ बढेकाले हाम्रोमा पनि बढेको हो भन्नुमा अत्युक्ति नहोला । व्यापारीका अनुसार भारतमा प्याजको मूल्य एक सातामा प्रतिकेजी २० रुपैयाँसम्म बढेको पाइएको छ । यसले गर्दा स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो ।
भारतीय बजारमा नै प्याजको माग धेरै हुने गरेको छ । उत्पादन कम र माग धेरै भएकाले केही वर्षदेखि प्याजको मूल्यमा उतारचढाव भइरहेको छ । उताबाट मूल्य घटेर आए मात्र स्थानीय बजारमा प्याजको मूल्य घट्ने हो । गत वर्ष फागुनमा प्याजको मूल्य प्रतिकेजी ८५ रुपैयाँ पुगेको थियो । नयाँ सिजन सुरु भएपछि घटेर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भएको थियो ।
घरेलु आपूर्ति बढाउने प्रयास बुझ्न जरुरी छ, किनकि यो तरकारी नेपाल र भारतमा एक आहार मुख्य गरी गरीबहरूका लागि हो । दुई दशकपहिले भारतीय जनता पार्टीले दिल्लीमा कांग्रेस पार्टीको हातबाट ‘प्याज चुनाव’ को रूपमा सत्ता गुमाएको इतिहास छ । त्यो शृंखला हामीले बिर्सिएको छैन । सरकारले अस्थायी राहत प्रदान गर्न सक्छ, तर त्यहाँ मूल्य अस्थिरतासँग सम्झौता गर्ने अन्य तरिकाहरू छन् ।
भारत एक निर्यातक मुलुक भएकाले बरु मनमानी प्रतिबन्धको सहाराभन्दा राम्रो आपूर्ति व्यवस्थापनले प्रभावी काम गर्न सक्छ । त्यहाँ दरमा यी ‘खाद्य बल्ब’ बेच्नका लागि केही मौसमी छ ।
सामान्यतया मूल्यहरूमाथिको प्रवृत्ति वार्षिक मनसुन सिजनपछि समाप्त हुन्छ । यो एक बीचको चरण हो, ‘रबी’ बालीको वसन्त पातलो भएपछि, तर ‘खरीफ’ फसल अझै बजारमा आउन बाँकी छ । पछिल्लो आधा दशकमा मूल्य प्रवृत्तिको एक विश्लेषण यस अवधि प्रत्येक वैकल्पिक वर्षको दौरान मूल्य बढेको अनुमान छ । यसले के सुझाव दिन्छ भने किसानहरू आफ्नो प्याज आम्दानीमा एक उछाल र चक्रको प्रतिक्रिया दिइरहेका छन् । यदि अघिल्लो वर्ष पुरस्कृत भएको थियो, अधिक हुर्कन्छ, जो थोक मूल्यहरू दुर्घटना हुन सक्छ । यदि अनुभव खराब थियो, अर्कातर्फ, उनीहरू अन्य जमिनको लागि आफ्नो जमिन प्रयोग गर्न रुचाउँछन् । यो सिजनदेखि सिजनसम्म पनि हुन सक्छ । यस वर्षको कथालाई विचार गर्नुहोस् ।
नेपालले प्याज आयात गर्न अर्बाैं रुपैयाँ खर्च गरिरहेको छ, किनकि देश प्याज आयातमा धेरै निर्भर छ । अधिकांश प्याज भारतबाट आयात गरिन्छ । यस प्रकार स्थानीय बजारमा प्याजको मूल्य भारतीय बजारको मूल्यमा निर्भर गर्छ । भन्सार विभागको तथ्यांकअनुसार देशले रु ४.२१ अर्बबराबरको प्याज आर्थिक वर्ष २०१९÷२० मा आयात गरेको थियो । कोभिड–१९ को महामारीका कारण लकडाउन भएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा सो वर्ष प्याजको आयात घटेको हो । परिमाणको हिसाबले स्थानीय उत्पादनमा लगातार वृद्धि हुनाले प्याजको आयातमा गिरावट आएको थियो ।
नेपालमा करिब ३ लाख टन प्याज उत्पादन हुन्छ, प्याजको स्थानीय उत्पादन विगत तीन वर्षदेखि बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २० हजार ९ सय हेक्टर जमिनमा करिब ३ लाख टन प्याज उत्पादन भएको थियो । नेपालमा प्याज उत्पादनको राम्रो सम्भावना छ । तर, देश प्याजको आयातका लागि अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । बढ्दो मागका विरुद्ध यसको उत्पादन बढाउन जरुरी छ । प्याजको आयात प्रतिस्थापन गर्न र देशलाई प्याज र अन्य तरकारीमा आत्मनिर्भर बनाउन तीन तहका सरकारहरूबीच समन्वय गरी प्याज केन्द्रित कार्यक्रम सुरु गर्नु आवश्यक छ ।
बारा, पर्सा, रौतहट, सप्तरी र सिरहालगायत केही जिल्लाका किसानहरू व्यावसायिक रूपमा प्याज खेती गर्दैछन् । सरकारले २०१४÷१५ सम्म ती क्षेत्रका विभिन्न जिल्लाहरूमा ‘प्याज मिसन कार्यक्रम’ सुरु गरेको थियो, यसको उत्पादन बढाउने लक्ष्य राखी । तर, यो व्यापारिक रूपमा प्याज उत्पादन गर्ने उद्देश्यअनुसार फलदायी हुन सकेन । जे होस्, यसले उत्पादन बढाउन र किसानहरूलाई कम्तीमा आफ्नो घरेलु उपभोग पूरा गर्न प्याज उत्पादन गर्न प्रोत्साहित गर्न मद्दत गरेको छ ।
प्याजको स्थानीय उत्पादनले देशमा प्याजको कुल बजार आपूर्तिको ५ प्रतिशतभन्दा कम अंश ओगटेको छ र बाँकी माग आयातको माध्यमबाट पूरा गरिएको छ । किसानलाई प्रोत्साहित गरी उत्पादन नबढेसम्म देश प्याजका लागि विदेशमा निर्भर रहनेछ । मात्राको हिसाबले प्याजको आयात यसको मूल्यमा निर्भर गर्छ । स्थानीय बजारमा प्याजको मूल्य भारतमा यसको मूल्यद्वारा निर्धारित गरिन्छ । विगतमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि उपभोक्ताहरू प्याजको उच्च मूल्य तिर्न बाध्य भएको कटु अनुभव हामीसँग छ । तराईदेखि मध्यपहाडसम्म प्याजको खेती गर्न अनुकूल भए पनि व्यावसायिक प्याज खेतीबाट नाफा नदेखेर किसान यसतर्फ आकर्षित नहुँदा नेपाल प्याज आयातमा निर्भर रहँदै आएको कटु वास्तविकता छ ।
विगतमा पनि भारतले प्याजको निकासीमा रोक लगाएपछि नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो रु. २ सय ५० सम्म पुगेको थियो । हरेक वर्ष भदौ–असोजपछि प्याजको अभाव सुरु हुन थाल्छ । अनि दैनिक भान्सामा पाक्ने अधिकांश तरकारीलाई स्वादिलो पार्न अनिवार्यजस्तै मिसाइने प्याजको तिखो हरकजस्तै मूल्य पनि चर्को हुन थाल्छ ।
प्याजमा नेपाल परनिर्भर छ । आर्थिक वर्ष २०७६÷७७ मा नेपालले रु. ४ अर्ब २२ करोड मूल्यको १ लाख ७ हजार टन प्याज आयात गरेको थियो । योभन्दा अघिल्लो वर्ष २०७५÷७६ मा १ लाख ७८ हजार टन प्याज आयात गर्न रु. ५ अर्ब ६२ करोड बिदेसिएको थियो । नेपालमा मुख्य रूपमा भारतबाट र केही हिस्सा प्याज चीनबाट पनि आयात हुन्छ ।
व्यावसायिक रूपमा प्याज खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव मुख्य समस्या हो । प्याजको बेर्ना राख्ने बेला बीउको सधैं अभाव हुन्छ । देशमा प्याजको बीउ किसानले मागेजति उपलब्ध हुँदैन, भारतबाट आयात गर्नुपर्छ । भारतले त्यो बेला प्याजको बीउबिजनमा रोक लगाएपछि यो कार्यक्रमले गति समातेन । कार्यक्रम लागू गरिए पनि न प्याज खेती गर्ने किसान थपिए, न उत्पादन बढ्यो ।
केन्द्रले यो वर्ष प्याजको बेर्ना उत्पादन गर्न भनेजति बीउ पाएन । बल्लतल्ल रुकुमका किसानका घरघरमा कर्मचारी पठाएर करिब ३५ किलो बीउ संकलन गरिएको कारुणिक कथा सुनिन्छ । रुकुममा समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्र छ ।
प्याजको बीउ सामान्यतया असार महिनामा उत्पादन हुन्छ । तर, यसका लागि पानी कम पर्ने क्षेत्र चाहिन्छ । देशको पूर्वी र मध्यक्षेत्रका तुलनामा मध्यपश्चिममा कम पानी पर्ने र हावापानी पनि सुहाउँदो भएकाले रुकुमको तरकारी बीउ उत्पादन केन्द्रअन्तर्गत प्याजको बीउ उत्पादन गरिन्छ । तर, त्यसले मागको १ प्रतिशत पनि थेग्दैन । प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने बेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् ।
नेपालमा प्रायः मंसिर–पुसमा रोपेर चैत–वैशाखमा उत्पादन हुने गरी एक मौसममा मात्र प्याज खेती गरिन्छ । यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ । व्यावसायिक रूपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन् ।
नेपालमा प्याज उत्पादनका लागि विशेष कार्यक्रम सञ्चालन गरी किसानलाई मल, बीउ, सिँचाइ आदिको प्रबन्ध र अनुदान नदिएसम्म उत्पादन बढाउन कठिन छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार, प्याज खेती गर्ने जग्गालाई दुई तीन पटकसम्म खनजोत गरी माटो बुर्बुराउँदो बनाउनुपर्छ । बिरुवा लगाउनुभन्दा एक साताअघि कम्पोस्ट वा कुहिएको मललाई राम्रोसँग माटोमा मिलाउनुपर्छ । रासायनिक मल भने दुईदेखि तीन दिनअघि वा त्यसै दिन राख्दा पनि हुन्छ । ब्याड बनाएर १५ सेमिको लाइनमा १० सेमिको दूरीमा बेर्ना सार्नुपर्छ । बेर्नाहरू मध्याह्नपछि वा बादल लागेको समयमा सार्नुपर्ने र तुरुन्तै पानी दिनुपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्