दसैंपछि सुन १५ सय र चाँदी ८० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? «

दसैंपछि सुन १५ सय र चाँदी ८० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दसैंपछि नेपाली बजारमा सुनको मूल्य १५ सय र चाँदी ८० रुपैयाँले वृद्धि भएको छ । शुक्रबारको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर आइतबार ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
गत असोज २५ गते ९० हजार ६ सय रुपैयाँ भएको सुनको मूल्य कात्तिक १ र २ गते प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै गत बिहीबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको सुन शुक्रबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्य दिन भने सामान्य रुपमा सुनको मूल्यमा वृद्धि हुँदै आएको छ । यद्यपि दसैंपछि सुनको मूल्यमा गिरावट भएको छैन ।
त्यस्तै असोज २५ गते ११ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य कात्तिक ७ गतेसम्म ८० रुपैयाँ बढेको महासंघले जनाएको छ । २५ गतेदेखि दैनिक रुपमा वृद्धि हुँदै आएको चाँदीको मूल्य शुक्रबार भने तोलामा १० रुपैयाँले गिरावट भएको थियो । फेरि आइतबार १० रुपैयाँले नै वृद्धि भएर प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्