हिउँ लाग्दा लापिलाङ पहिरोको त्रास उस्तै «

हिउँ लाग्दा लापिलाङ पहिरोको त्रास उस्तै


एक वर्ष अघिदेखिको गएको पहिरोले कालिञ्चोक गाउँपालिका–५ लापिलाङका गणेशबहादुर श्रेष्ठको १० पाथिको खेत बगायो । श्रेष्ठले भने १० पाथि धानको बीउ जाने खेत बगायो, दुखले जोडेको घर मुनिसम्म पहिरो पुगेको छ कुन बेला तान्ने हो टुंगो छैन ।
गणेश बहादुर एकजना प्रतिनिधि उदाहरणमात्रै हुन उनको घरसँगैका ४ घर त पहिरोमै मिल्यो । उनीहरुको जग्गा जमिन नै पहिरोले लगेपछि गाउँबाट उठिबास लागेको छ । वर्षाभरी पहिरोकै त्रासमा बाँचेका लापिलाङबासी हिउँद लाग्दासमेत पहिरो नथामिएपछि कुन बेला बसेको घर नै लैजाने हो भन्ने त्रास अझै कायमै छ ।
अघिल्लो वर्षको लापिलाङ बन्देथली गाउँको भीरबाट ठूलो पहिरो आयो । त्यसलाई रानी वन पहिरोको नामले चिनिन्छ । त्यसले २६ घर विस्थापित भए । ति परिवार अहिले पनि सामुदायिक भवन र गोठकै बास छ । त्यहि रानीवन पहिरोले कटान गर्दै ल्याएपछि यस वर्ष वर्षात् लागेपछि गाउँभन्दा मुनी कटान सुरु भयो । जेठदेखि खोलाले कटान सुरु गरेको साउनदेख िठूलो पहिरोमा परिणत भयो ।
पहिरो निरन्तर खस्ने क्रम जारी छ ।
अब त हिउँद लाग्यो पहिरो थामिएलाकी भन्ने स्थानीयको त्रास कार्तिक लाग्दा समेत हटेको छैन ।
गत वर्षको असारदेखि झरेको पहिरो क्रमश फैलिँदै गएपछि लापिलाङका विभिन्न बस्तीहरु समेत जोखिममा परेका छन् । ‘खेतबारी त करिब सकियो, सडक छेऊमा ऋण गरेर घर बनाएको त्यसैमा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका र्छौं’ गणेशबहादुर श्रेष्ठले भने ‘सडक छेऊसम्म पहिरो आइसक्यो, छेउकै ३ घर त पहिरोमा मिले अब मेरो पनि कुन दिन भएको एउटा घर पनि पहिरोले तान्ने हो भर छैन ।’
एक वर्षदेखि लगातारको पहिरोका कारण लापिलाङका झण्डै २ दर्जन परिवारको उठिबास नै लागेको हो । पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका १० घर परिवारको उठिबास नै लाग्यो ।
अहिले पनि झण्डै १५ घर परिवारको उठिबास नै हुने गरी पहिरोले कटान गरिरहेको थप सयांै परिवार विस्थापित बनेको छ । रानि वनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारे सम्मका बस्तीहरुमा पुगिसकेको छ । पहिरोका कारण त्यस क्षेत्रका स्थानीयहरु जेठ अन्तिमदेखिनै घर छोडेर अन्यत्र कष्टकर रुपमा बसोबास गरिरहेका छन् ।

३ किलोमिटर लामो ठाडो पहिरो, दिनहुँ कटान हुँदै
पहिरोले रानिवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्र देखि खोली किनारसम्मको भुगोलमा मात्रै झण्डै ३ किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका आधा दर्जन बस्तीहरुमा जोखिम सिर्जना भएको छ । पहिला पहिला अत्यन्तै सुरक्षित र सम्म पाटा खेती योग्य रहेको जमिन सबैभन्दा सुरक्षित जस्तो देखिन्थ्यो ।
तर, एक वर्षदेखि तल खोलाबाट पहिलो बग्न तालेपछि त्यही ठाउँ सबैभन्दा जोखिमपूर्ण बनेको स्थानीय डम्बर बहादुर खड्काले बताए । पहिरोले खेतबारी मात्र नभएर गाउँ नै जोखिम बनेको छ । सामान्य वर्षात हुँदा पनि माथिबाट बगेर आउने लेदोले झनै असर गरिरहेको स्थानीबासिन्दाहरुको गुनासो छ ।
पहिरोले तल्लो भागबाट व्यापक कटौती गर्दै लगेको छ , यहि रफ्तारमा तान्दै जानेहो भने केही दिन भित्रै सुनखानी साङबा सडक समेत अवरुद्ध हुनका साथै माथिल्लो बस्तीनै बगाउने अवस्था बनेको छ । सरकारले आश्वासनमा मात्र बाँडेर पहिरो नरोक्ने हो भने अब अरु गाउँ पनि अर्को वर्ष तान्नेमा संका नभएको उनी बताउँछन् ।
२ महिना अघि राहत सामग्री सहयोग गरेका प्रतिनिधि सभाका सदस्य एवं कांग्रेस नेता जिपछिरिङ लामा राहत लिएर पुगे । राहत लिएर पुगेका लामाले फर्केपछि रानीवन पहिरोको बारेमा प्रतिनिधि सभामा कुरा पनि उठाए । सदनमै लापिलाङ पहिरोको बारेमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
विपत प्राधिकरण लगाएतका निकायहरुसँग समन्वय गरेर बस्ती स्थानान्तरणका लागि पहल गर्ने उनले बताएका छन् । लामाले तत्काल जनता बचाउनुपर्ने चुनौतीका साथै उनिहरुको दिर्घकालिन बसोबासका लागि सरकारी निकाय गम्भीर हुनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
त्यसैगरी पूर्व मन्त्री तथा दोलखाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पार्वत गुरुङ आफ्ना कार्यकर्ता सहित दसैं अघि खाद्यान्न लिएर गाउँ पुगे । दसैं मान्न र सुरक्षित बसोबासको आश्वासन दिए ।
बागमति प्रदेश सरकारी तत्कालिन सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पनि गत साउनमा स्थलगत भ्रमण गरिन् । उनले पहिरो नियन्त्रणको आश्वासन दिइन् । अस्थायी बसोबासका लागि तत्काल प्रदेश सरकारले २५ हजार उपलब्ध गराउने आश्वासन दिइन् तर दसैं बित्दासम्म प्रदेश सरकारको २५ हजार अझै आश्वासनमै सीमित भयो ।
कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी र जिसस दोलखाका प्रमुख डबल पाण्डे सोही गाउँवासी हुन् । पहिरो पिडीतका लागि राहत लिएर आउने धेरै छन् । त्यसलाई नै भोटको राजनीति गर्न खोजेको स्थानीयहरु बताउँछन् ।
कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी विपत् प्राधिकरणबाट पहिरोको जाँच भएको र प्रदेश संघीय सरकारलाई पुर्न निर्माण र पुनःस्थापनाका लागि गाउँपालिकाले पहल गरिरहेको बताउँछन् । एक वर्ष अघिदेखि गाउँको तलबाट र माथी दुवैतिरबाट पहिरो आएको छ । तर पहिरो नियन्त्रण, गाउँको सुरक्षा र पीडितको स्थानान्तरण र बसोबासका लागि आश्वासन बाहेक कसैले केही नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्