खेतीयोग्य जमिन जंगलमा परिणत «

खेतीयोग्य जमिन जंगलमा परिणत


पछिल्लो समय म्याग्दीमा खेतीयोग्य जमिन बाँझो र अनावश्यकरुख बिरुवा लगायत झाँडीले भरिने क्रम बढेको छ ।सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्तीको उर्भरयोग्य जमिन जंगलमा परिणत भएको हो ।युवाहरुमा विदेश, शहरकेन्द्रित ब्यवसाय र जागिरमा केन्द्रित हुदाँ गाउँमा बस्ने बुवा आमा निर्वाहमुखीमा सीमित छन्।
पछिल्लोसमय म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित खेतीयोग्य जमिनमा अन्नबाली भन्दा बढी रुख बिरुवा भरिएको छ । राखु भगवतीको खेतीयोग्य जमिनमध्य ६० प्रतिशत भु–भाग बनजंगल, झाँडीले भरिएको छ। खेती गरिरहेको जमिनमा पनि रुखविरुवा भरिएपछि पहिल्यजस्तो उत्पादन हुन छोडेको नरबहादुर भण्डारीले बताए।
उर्भरभूमिमा धान, मकै, कोदो लगायतको रैथानीबाली लोप हुने अवस्थामा पुगेका छ। खेतीयोग्य जमिनमा टुनी, चिमल, मौवा, उत्तिस, बास लगायतको रुखविरुवा भरिएपछि बादरको आतंकपनि बढेको छ। बाँदरले कृषकले गरेको खेती खाने समस्या बढेको पखटोलका कृषक बताउछन्। पहिल्य बादर आउने थिएनन् पछिल्लो समय रुख विरुवा भरिएपछि बादर आउने क्रम बढेको पखटोलका कृषक रामु खत्रीले बताए।
राखुका युवाहरु स्वदेशमा सुरक्षित नभएपछि शिक्षा तथा रोजगारको शिलशिलामा युरोप लगायतको खाडीमुलकमा पुगेका छन् । कमाएपछिसदरमुकाम बेनी, पोखरा, काठमाण्डौ लगायतको शहरमा बसाईसराई गर्छन्।
जसलेगर्दा गाउँको जंग्गा कमाउने मान्छे कमि भएको छ ।‘विस्तारै खेतीयोग्य जमिनमा अन्नपात लगाउने क्रम हट्दै गएको कृषि ज्ञान केन्द्रको तथ्याकंमा छ ।उर्मर जमिनलाई असर गर्ने रुखविरुवा हटाउने र निर्वाहमुखी खेतीलाई परिवर्तन गरेर ब्यवासायी फलफूल खेती र तरकारी खेती गर्नतर्फ सबैका ध्यान जानुपर्नेराखु घट्टका सुन्तला कृषक बालकृष्ण कटुवालले बताए।
म्याग्दीमा युवाहरु विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन्। रोजगारीका लागि विदेश पसेका युवाहरुबाट रेमिट्यान्स भित्रिने गरेपनि घरायसी खर्च, घर घडेरीम लगानी गर्ने क्रम बढेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी नगन्य मात्रामा रहेका छन्।
देशमा संघीय व्यवस्था लागु भएपछि दुर्गम गाउँमा सुविधा थपिएको छ, वस्ती वस्तीमा मोटरबाटो पुगेको छ। गाउँमा उत्पादन गरिएको वस्तु सहजरुपमा सवारीसाधनमार्फत बजारका पसलमा पु¥याउन सकिन्छ।रघुगंगा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले खेतीयोग्य जमिनको रुख विरुवा फडानीको अभियान संचालनमा उदासिनता छ।उत्पादनयोग्य जमिनलाई बाँझो नराखी ब्यावसायीक खेतीमा आकर्षित गर्ने योजना अघि ल्याउन जनदवाव आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्