ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम «

ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मावि,एस ओएस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिब १ सय ५० जना बिधार्थीहरूको सहभागिता रहेको थियो ।
मेरिट पोखराका सदस्यद्धय स्वीकृति अधिकारी र अनुषा बरालद्वारा सञ्चालित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसँग सम्बन्धित बिबिध विषयमा प्रकाश पारेको बताइएको छ । सो अवसरमा बैंकबाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, बचतलगायत विषयमा पनि विद्यार्थीहरूलाई स्पष्ट पारिएको थियो ।
यसैगरी बैंकले खैरेनीटार मावि तनहुँका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका माझ पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका प्रधानाध्यापक केशवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउँदै विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्