एक सातामै सडक र पुलमा एक अर्बको क्षति «

एक सातामै सडक र पुलमा एक अर्बको क्षति

कञ्चनपुर, २ कात्तिकः महाकालीको बाढीले क्षति पु¥याएको सडक लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ । तस्बिरः शेरबहादुर सिंह/रासस


वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।
विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो समय थप १ अर्ब ५ करोड रुपैयाँ थप हुदाँ कुल ३ अर्ब ४० करोड रुपैयाँको क्षति भएको छ ।
३० डिभिजन, ४ संघिय कार्यालय, ८ हेभी मेकानिकाल डिभिजन र ५ मेकानिकका कार्यालयबाट गरिएको प्रारम्भिक अनुमानको आधारमा सो क्षतिको विवरण संकलन गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले आइतबार संघीय संसदको विकास तथा प्रविधि समितिमा जानकारी दिए ।
यो वर्षमा करिब ३ दर्जन राजमार्गको २४४ स्थान अवरुद्ध बनेको थियो भने एक साता यता कुल अबरुद्ध भएको सडक १८ रहेको विभागको भनाइ छ ।
हाल ६ स्थान मनाङ, बाजुरा र बझाङका स्थानमा सडक अवरुद्ध रहेको छ । सबै भन्दा बढी समय लाग्ने पनि बझाङका सडक रहेको छ । कैलालीदेखि दार्चुुला, डडेलधुरादेखि डोटी जाने सडकमा ठाउँ ठाउँमा वर्षासँगै आएको पहिरोका कारण क्षति भएको महानिर्देशक थापाले बताए ।
अझ बढी सेती नदीको किनारै किनार जाने तोर्पे बझाङको सडकको नाम निसान नै नराखि सडक बगाएको थापाले बताए ।
सडकमा भएको क्षतिको विवरण प्रारम्भिक अनुमान गरेको तर सडकमा भएको क्षतिको विवरण संकलन गर्ने काम भैरहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए । “हाल अबरुद्ध भएको सडकको मात्र क्षतिको विवरण संकलन गरेको भएको अवस्था छ । तर तराईका मोरङ, सुनसरी, सप्तरी पहाडमा इलाम,पाँचथर,कोशी राजार्गमा पनि बढि क्षति भएको छ,” उनले भने ।
१५ दिनभित्र अवरुद्ध भएको सडक दुईतर्फी खुला गर्ने योजनासहित काम भैरहेको पनि महानिर्देशक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्