आकाश अम्बानीको विवाह पार्टि स्वीट्जरल्यान्डमा «

आकाश अम्बानीको विवाह पार्टि स्वीट्जरल्यान्डमा

मुम्बई-एसियाकै धनी मुकेश अम्बानीकी छोरी ईशापछि छोरा आकाश अम्बानी विवाहा ९ मार्चमा श्लोका मेहतासँग हुने भएको छ । विवाह जियो वल्र्ड सेन्टरमा हुने भएको छ । विवाहको कार्यक्रम तीन दिन सम्म चल्ने बताइएको छ । परिवारको परम्परा अनुसार मुकेश तथा उनकी पत्नी नीता अम्बानीले विवाहको पहिलो निमन्त्रणा सिद्धिविनायक मन्दिरमा चढाएका छन् ।
आकाशको जन्ती ९ मार्चमा दिउसो ३ बजे निक्लने भएको छ । जियो वल्र्ड सेन्टरमा बेलुकी ७ बजेदेखि विवाहको विधि सुरु हुनेछ । १० मार्चमा विवाहको भोज गरिने भएको छ । ११ मार्चमा पनि अम्बानी–मेहता परिवारले जियो सेन्टरमा पाहुनालाई स्वागत गर्ने भएका छन् ।
विवाहमा देश–विदेशका पाहुँना आउने भएका छन् । सुत्रका अनुसार २३ देखि २५ फेब्रुअरीकोबीचमा आकाशले ब्याचर पार्टि दिने भएका छन् । पार्टि स्वीट्जरल्यान्डको सेन्ट मेरियट्समा हुने भएका छ । यो पार्टि मा आकाशका मित्र रणबीर कपुर तथा करण जोहार सहित बलिउडका कैयौ हस्ती सामेल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्