एनआरएनएको भावी नेतृत्व कस्तो हुनुपर्छ ? «

एनआरएनएको भावी नेतृत्व कस्तो हुनुपर्छ ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा जारी छ । यो सम्मेलनबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने छ । नयाँ नेतृत्वका लागि सोमबार (आज) निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा छ । यसै क्रममा विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई एनआरएनएको भावी नेतृत्व कस्तो हुनुपर्छ भन्नेबारेमा कारोबारले गरेको कुराकानीको सार :

देश समृद्ध नभएसम्म अभियान पुरा हुँदैन
उपेन्द्र महतो 
संस्थापक अध्यक्ष एनआरएनए

विभिन्न देशबाट डेलिगेसनमा आएका गैरआवासीय नेपालीमध्ये जो विधानअनुसार मापदण्ड पुगेको छ, उ उम्मेदवार हुनसक्छ । यहाँ आएका प्रतिनिधी कसैले पनि एनआरएनएको प्रतिनिधित्व गर्न सक्छन् । आजका दिनसम्म सर्वसम्मतिको प्रयास जारी राखेका छौं । चुनाव नै भए पनि प्रतिस्पर्धीमध्ये जसले जिते पनि एनआरएनएका लागि मिलेर काम गर्छन् भन्ने विश्वास लिएको छु ।

गैरआवासीय नेपाली संघमा गुट–उपगुट रहेको छ भन्ने धेरै नेपालीले गुनासो गरेको सुनिन्छ । एनआरएनएमा गुट–उपगुट भन्ने कुरा क्षणिक कुरा हुन् । गुट उपगुट भन्ने एनआरएनएमा हुनै सक्दैन । गैरआवासीय नेपाली अभियान भनेर हामीले लामो समयदेखि भन्दै आइरहेका छौं । यदि यो संस्थाले गैरआवासीय नेपालीको हक हितका लागि मात्र काम गर्ने हो भने यो अभियानको कुनै औचित्य नै छैन । 

एनआरएनएको अभियान भनेको देश समृद्ध बनाउने भन्ने नै हो । यसो भएमात्र एनआरएनएको औचित्य पुरा हुन सक्छ । देश समृद्ध भयो भने अन्य समस्या त्यत्तिकै हल भएर जान्छन् । सबै समस्याको जरो भनेको देशको गरिबी हो । देशलाई समृद्धिको बाटोमा नपु¥याएसम्म एनआरएनको अभियान पुरा भएको मान्न सकिँदैन ।

एनआरएनएमा जोसुकै नेतृत्वमा आए पनि नेपाललाई समृद्ध बनाउने काममा केन्द्रित हुने छ । एनआरएनएले ल्याएको भिजन २०÷२० एन्ड वियोन्डलाई अब कसरी अगाडि बढाउने भन्ने नै हो । यो एनआरएनएका लागि लागि राम्रो योजना हो ।

गैरआवासीय नेपालीको भावना बुझ्नुपर्छ


कुमार पन्त
उपाध्यक्ष, एनआरएनए 

स्वाभाविक रूपमा अहिले हामी ६५ लाख नेपाली विदेशमा बसिरहेका छौं । यस्तै ७८ वटा देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद्को सञ्जाल छ । यसमा हामीले जहिले पनि भन्ने गरेको समृद्ध नेपाल, विकसित नेपाल र त्यो अभियानमा गैरआवासीय नेपाली सहभागी हुन चाहन्छन् । अब हामी समृद्ध र विकसित नेपालको कुरा गरिरहेका हुन्छौं ।

त्यसमा नेपाल रोजगारी धेरैभन्दा धेरै अवसर सिर्जना गर्ने भन्ने हुन्छ । लगानी ल्याउन सक्ने, जुझारु र सबैलाई समेट्न सक्ने र गैरआवासीय नेपालीको भावना बुझ्न सक्ने मान्छेको आवश्यकता एनआरएनएमा चाहिएको छ । मैले लगानीको कुरा गर्दा धनको मात्र कुरा गरेको छैन । त्यसमा विदेशमा सिकेको सीप, ज्ञान र प्रविधि पनि लगानी नै हो । यस्ता विषयलाई बुझेको मान्छे एनआरएनमा आवश्यक भएको छ ।

एनआरएनएले अघि बढाएको भिजन २०÷२० एन्ड बियोन्ड भविष्यमा एनआरएनएलाई कुन दिशामा लैजाने भन्ने खाका हो । कुनै पनि संस्थामा समयअनुसार परिवर्तन हुनुपर्छ । संस्थामा आवश्यक नभएका पुराना कुरा हटाएर नयाँ समयअनुकूल नयाँ कुरा राख्नु सामान्य कुरा हो । त्यसो भएकाले भिजन २०÷२० एन्ड बियोन्ड आपैंmमा नाम वा शीर्षक खराब होइन ।

तर, यसको अन्तरवस्तुमा कस्ता विषयवस्तु छन् भन्ने कुरा महŒवपूर्ण हो । यस विषयमा पनि अहिले अधिवेशनका समयमा बहस भइरहेको छ । आजको दिनमा यो संस्थामा अभैm पनि व्यापक सहकार्य र सहमतिको आवश्यकता रहेको छ । सबै साथीलाई एकसाथ लिएर जानुपर्ने दिनमा हामी आपूm र संस्थाले ठूलो भिडन्त, द्वन्द्व र विवाद धान्न सक्दैन । १४ वर्षमा संस्था अभैm त्यति द¥हो भइसकेको छैन ।

यसमा सबैको साथ र सहकार्यको आवश्यकता छ । साथीहरूले म उपाध्यक्षका रूपमा निर्वाचित भइसकेपछि महासचिव र युरोप संयोजक पनि भइसक्नुभयो भनेर अध्यक्षमा जानुहोस् भन्नुभयो । तर, त्यति हुँदाहँुदै पनि सँगैका साथीहरू पनि कहाँ छन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ । मसँगै उपाध्यक्ष हुनुभएका भवन भट्ट दुई कार्यकाल उपाध्यक्ष भइसक्नुभएको छ । उहाँले म दुई कार्यकाल उपाध्यक्ष भएँ, तपाईं एक कार्यकाल यही स्थानमा बस्नुहोस् भनेर अनुरोध गर्नुभयो । उहाँले यति भने पनि तपाईं अघि जान चाहनुहुन्छ भने म फेरि एक कार्यकाल यही स्थानमा बस्छु भनें ।

र, अभैm पनि म भन्छु— हाम्रो संस्थामा अभैm पनि व्यापक सहमति र सहकार्यको आवश्यकता छ । हामी ६५ लाख नेपाली विदेशमा बस्छौं र त्यसमध्ये पनि ७० हजार मात्र संस्थामा आबद्ध रहेका छन् । एनआरएनएलाई ६५ लाख नेपालीमाझ पु¥याउन अभैm सहमति र सहकार्यको आवश्यकता रहेको छ । सहमति र सहकार्यलाई लामो समयसम्म जारी राख्नुपर्छ ।

नेपाल र नेपालीको समृद्धि चाहने नेतृत्व चाहिन्छ


लक्ष्मी गुरुङ 
अध्यक्ष, एनआरएनए कोरिया

आफ्नो व्यक्तिगत विचारभन्दा बाहिर रहेर संस्था, विदेशमा रहेका नेपाली र नेपालको समृद्धि चाहने किसिमको नेतृत्व हुनुपर्छ । अबको अध्यक्ष एनआरएनएको लक्ष्यअनुसार अघि बढ्ने र विदेशमा भन्दा पनि स्वदेशमा केही गर्छु भन्ने सोचको हुनुपर्छ ।

अहिले अध्यक्षमा भइरहेको प्रतिस्पर्धा पनि सन्तुलित नै भएजस्तो देखिन्छ । यो पटकको एनआरएनएको चुनावमा संस्थालाई आवश्यक पर्ने र हाम्रो भन्दा राम्रो मान्छेलाई विजय गराउनुपर्छ । संस्थालाई आवश्यक पर्ने राम्रो मान्छे छनोट गर्ने अहिले विशेष समय आएको छ । यस्तो अवसरलाई सवैले सदुपयोग गर्न अनुरोध गर्छु ।

सम्पत्ति र आफ्नो मान्छे खोज्दै जाने भन्दा पनि हामी भोट दिने सदस्यहरू पनि आपैंm सक्षम भएकाले सही मान्छे चिनेर भोट दिनुपर्छ । जुन विचारले यो संस्थामा लागेका थिएँ त्यही विचारअनुसार अन्त्यसम्म आत्मसात् गर्दै जानुपर्छ ।

कोरियामा गएका कामदारको संख्या बढेसँगै समस्या पनि बढ्दै गइरहेका छन् । समस्याका बारेमा विचार–विमर्श गर्न पनि एनआरएनएले नीतिगत व्यवस्था गर्नुपर्छ । कोरियामा गएका कामदारको समस्याका रूपमा देखिएको कामदारको आत्महत्या रोकथामका सम्बन्धमा नेपाल सरकार र एनआरएनए मिलेर काम गर्नुपर्छ । म कोरियाको एनआरएनए अध्यक्ष भएको नाताले मैले पनि यस सम्बन्धमा केही काम गर्ने सोच बनाएको छु । यस सम्बन्धमा सरकार तथा एनआरएनएसमक्ष आफ्ना विचार पनि राखेको छु । 

कोरियाबाट नेपालमा आउने लगानी हेर्ने हो भने कोरियाबाट सुरुङ मार्ग र हाइड्रोपावरमा लगानी गरिसकेका छन् । यसको रिजल्ट राम्रो आउन नसकेका कारण कोरियाबाट लगानी गर्न हाल पैसा बोकेर प्रतीक्षा गरिरहेका छन् । नेपालले विदेशी लगानीको वातावरण बनाइदियो भने कोरियामा रहेका नेपाली र कोरियन जनताका पक्षबाट नेपालमा ठूलो लगानी आउने सम्भावना रहेको छ ।

अहिले कोरियाबाट ठूला–ठूला परियोजनाभन्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानी ल्याउनुपर्ने देखिन्छ । यसका लागि हामी एनआरएनले काम पनि गरिरहेका छौं । यस्तो क्षेत्रमा सामूहिक लगानी गर्न सकिन्छ । तत्कालै केही मुनाफा आउने काम गर्नुपर्छ जस्तो लाग्छ । कोरियामा कार्यरत ५० जना युवाको समूह बनाएर होटल तथा रिसोर्ट क्षेत्रमा लगानी गर्ने कि भन्नेबारेमा सोच बनाइएको छ । यसरी नै कोरियामा नेपालीले गरेको आम्दानी बैंक, सहकारी तथा रेमिट्यान्स क्षेत्रमा पनि लगानी गर्ने सम्भावना राम्रो देखिन्छ । 

मुद्दामा लविङ गर्न सक्ने नेतृत्व चाहिन्छ


सुनिल शाह
उपाध्यक्ष,  एनसीसी अमेरिका 

नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीका लागि वातावरण बनाउन सक्ने नेतृत्व एनआरएनएमा आउनुपर्छ । नेपाल सरकारसँग गैरआवासीय नेपालीका मुद्दा लविङ गर्न सक्ने नेतृत्व एनआरएनमा हुनुपर्छ । अमेरिकामा विकास भएका प्रणाली र प्रविधि ढिलो–चाँडो गरी नेपाल भिœयाउने हामीसँग चुनौती रहेको छ ।

त्यहाँको प्रणाली नेपालमा स्थापित गरियो भने नेपालमा लगानी गर्न इच्छा राखेका एनआरएनहरू अझ सहज रूपमा आउन सक्छन् भन्ने हो । प्रविधिमा अगाडि रहेका देशबाट प्रविधि, शिक्षा राम्रो भएको देशबाट शिक्षा, स्वास्थ्य क्षेत्रमा अगाडि रहेका देशबाट स्वास्थ्य प्रविधि र आर्थिक रूपमा सम्पन्न मुलुकबाट आर्थिक नै सहयोग लिएर नेपालको समृद्धि र विकासको क्षेत्रमा लाग्नुपर्छ भन्ने हो ।

हामी नेपालकै स्रोतसाधन प्रयोग गरेर अध्ययन गरी अमेरिका गएका हौं । हाम्रो समाज, परिवार र परिवेश नेपालमै भएकाले नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचिरहेका छौं । नेपालका लागि लगानीभन्दा पैसा मात्र हँुदैन । प्रविधि, शिक्षा र प्रणाली पनि लगानी नै हो । नेपालमा लगानी गर्दा कानुन, कर प्रणाली र सुरक्षा तथा मोनिटरिङको कुरा आउँछ । बिजनेस गर्दा नेपालमा विभिन्न समस्या हुन सक्छन् ।

लगानीका लागि सरकारले त्यही अनुसारको पूर्वाधार बनाउनुपर्छ । विदेशमा काम गरेका नेपालीले कानुन र सुरक्षा हेरेर लगानी गर्ने कि नगर्ने भन्ने योजना बनाउने गरेका हुन्छन् । नेपालको कानुन र अन्य सुधारका काम गर्न एनआरएनएले मिलेर काम गर्नुपर्छ । नेपालमा लगानी गर्ने अवसर राम्रो छ भनेरै हामी सबै नेपाली एनआरएनएमा लागेका हौं । भविष्यमा नेपालको अवस्था हेरेर विभिन्न क्षेत्रमा लगानी गर्न सकिने अवस्था रहन्छ । 

संस्थामा योगदान गरेको व्यक्ति हुनुपर्छ


योगेन्द्रकुमार श्रेष्ठ (दीपक)
अध्यक्ष, एनआरएनए ओमान

हामी ओमानबाट आएका प्रतिनिधि संस्थामा लागी परेका र एनआरएनएमा लामो समयदेखि योगदान गरेका व्यक्तिलाई नेतृत्व दिनुपर्छ भन्ने पक्षमा रहेका छौं । एनआरएनएमा लामो समयदेखि योगदान दिएका व्यक्तिलाई चुन्नुपर्छ । चुनावमा उम्मेदवारी दिनका लागि लामो समयदेखि तयारी गरेका व्यक्तिहरू पनि हुनुहुन्छ । चुनावका लागि लामो समयदेखि तयारी गर्नेलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मान्यता रहन्छ ।

कतिपय अवस्थामा अन्तिम चरणमा आए पनि उम्मेदवारी घोषणा गर्ने देखियो । पहिलादेखि नै योजना बनाएर चुनावमा आउने उम्मेदवारले जित्ने सम्भावना रहेको देखिन्छ ।हामी गल्फमा बस्ने र वैदेशिक रोजगारीमा जाने नेपालीको आशा हुन्छ कि हामीलाई वैदेशिक रोजगारीको पक्षबाट हेर्नुपर्छ । एनआरएनएका वैदेशिक रोजगारीमा गएका नेपालीको पक्षमा पनि काम गर्ने गरी केही नयाँ योजना ल्याउनुपर्छ ।

एनआरएनएमा वैदेशिक रोजगारीमा गएर एनआरएनए अभियानमा लागेका नेपालीका पक्षमा पनि हामी आवाज उठाइरहेका छांै । वैदेशिक रोजगारीका क्रममा गएर सीप र लगानीका आर्थिक संकलन गरेका नेपालीका लागि स्वदेशमा रोजगारी र अवसरको सिर्जना गर्ने वातारण मिलाउनुपर्छ । यसका लागि पनि एनआरएनएको नयाँ नेतृत्वले भूमिका खेल्नुपर्छ ।

गल्फमा रहेका कामदार एकै जनाले लगानी गर्ने वातावरण र क्षमता हुँदैन । यस्ता वर्गका लागि सामूहिक लगानीका लागि काम गर्ने वातावरण नयाँ नेतृत्वले बनाउनुपर्छ । रोजगारीका लागि विदेश गएका नेपाली कामदारका मुद्दालाई पनि एनआरएनमा एक एजेन्डाका रूपमा अघि बढाउनुपर्छ । यसरी कामदारले विदेशमा हासिल गरेको सीपलाई स्थान दिने गरी एनआरएनएले बाटो बनाइदिनुपर्छ ।

यसरी नै वैदेशिक रोजगार सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । पहिलेदेखि हामीले उठाउँदै आएको माग भनेको गल्फ क्षेत्रबाट पनि केन्द्रमा प्रतिनिधित्व हुनुपर्छ भनेका छांै । यस पटकको अधिवेशनमा पनि गल्फ क्षेत्रबाट प्रतिनिधित्व होस् भनेर २÷३ जना प्रतिनिधिलाई उम्मेदवारका रूपमा अघि बढाएका छौं । अमेरिका, युरोप र अस्टे«लियमा बस्नेहरूको मात्र प्रतिनिधित्व हुने गरेको थियो । समानुपातिक र समतामूलक प्रतिनिधित्व नारामा मात्र सीमित छ । 

प्रतिक्रिया दिनुहोस्