भाइबरको क्रिकेट फिस्टा «

भाइबरको क्रिकेट फिस्टा

राकुटेन भाइबरले टी–२० विश्व कपलाई मध्यनजर गर्दै क्रिकेट फिस्टा प्लेटफर्म ल्याएको छ । भाइबरमा यो विश्वकप सिजभरी आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया गर्न व्यक्तिगत भाइबर ‘कम्युनिटी’ पनि चलाउने जनाइएको छ ।
विश्वकप क्रिकेट उत्साह साथ मनाउन र क्रिकेट प्रेमीहरूलाई सो अवधिभर बेजोड र अतुलनीय अनुभव दिन उत्साहित रहेको राकुटेन भाइबरका वरिष्ठ डाइरेक्टर डेभिचले बताए ।
भाइबर कम्युनिटीमार्फत क्रिकेटरहरूसँग रियल–टाइम अन्तरक्रिया, च्याटबटका सक्रिय प्रयोगकर्तालाई पुरस्कार र अन्य धेरै कुराहरू समावेश गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्