‘चौरासी व्यञ्जन’ पुस्तक सार्वजनिक «

‘चौरासी व्यञ्जन’ पुस्तक सार्वजनिक

कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकको डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मीराज्यलक्ष्मी राणाले लोकार्पण गरे । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।
चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता राणाले भने, “यो पुस्तकमा शाकाहारी, मांसाहारी, व्रत बसेको समयमा खाने खाना, बिरामीले खाने खानालगायतका समग्र परिकार बनाउने तरिकाबारे उल्लेख गरिएको हुँदा पुस्तक सबैका लागि उपयोगी छ ।”
यस्तै यो एउटा किताब किताब मात्र नभई समग्र सल्याणी र राणाको संस्कृति नै रहेको डा. देउवाले बताइन् । उनले यस्ता परिकार बनाउने विधिलाई डक्युमेन्टको रुपमा संग्रह गर्ने इच्छा र भावी सन्ततीलाई उक्त परिकारहरूको ज्ञान दिने उद्देश्यले नै यो पुस्तक तयार भएको गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्