सानिमा बैंकका नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा «

सानिमा बैंकका नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

सानिमा बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा शाखा खोलेको छ । शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुनेछ । चपली शाखाको उद्घाटन बैंक अध्यक्ष बिनयकुमार श्रेष्ठ र बढानिलकण्ठ नगरपालिका ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका छन् ।
बालकोट शाखाको उद्घाटन सूर्यविनायक नगरपालिकाका उपमेययर जिना बस्नेत र वडा नम्बर २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका छन् । बैंकको सातै प्रदेशमा कुल शाखा संख्या ११६ पुगेको छ । बैंकको ९७ वटा एटीएम छ ।

प्रतिक्रिया दिनुहोस्