सन्राइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा छुट «

सन्राइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा छुट

सन्राइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमासमेत विभिन्न छुट दिने उद्देश्यले बैंकले देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता गरेको छ ।
ग्राहकलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलका नायव महाप्रबन्धक रितुराज शाहबीच हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा खाना र वेवरेजको खरिदमा बैंकको क्रेडिट र डेबिट कार्डबाट भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउने बताइएको छ । केएफसी र पिज्जा हटका उपत्यका र बाहिरको १७ वाट शाखाहरुबाट छुटको लाभ लिन सक्ने छन् ।
बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्