राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीमा विस्तार «

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीमा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न. ६ मा अवस्थित उक्त कार्यलयले कारोबार शुभारम्भ गरेको हो ।
यो शाखा बिस्तार संगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले जनाएको छ । बैंकले हाल आफ्नो २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्