मुक्तिनाथ विकास बैंक सम्मानित «

मुक्तिनाथ विकास बैंक सम्मानित

जी २० को ग्लोबल पार्टनरसीप फर फाइनान्सियल इन्क्लुजन (जिपिएफआइ)बाट समर्थित ग्लोबल एसएमई अवार्ड २०२१ बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) तथा एसएमइ फाइनान्स फोरमद्वारा उक्त अवार्ड कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न संघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए । साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथलाई ‘एसएमइ फाइनान्सियल अफ द एयर–एसिया’ विधामा सम्मानित भएको हो ।
सम्मानले बैंकलाई भविष्यमा साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको बैंकको भनाइ छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्