जापानमा ४ सय वर्ष पुरानो १ करोड मूल्यको रुख चोरी «

जापानमा ४ सय वर्ष पुरानो १ करोड मूल्यको रुख चोरी

टोकियो-जापानी राजधानी टोकियोको नजिक रहेको सेतामा क्षेत्रको एक बगैचाबाट ४ सय वर्ष पुरानो बोनसाई रुख चोरी भएको छ । यो रुखका साथसाथै अन्य ७ दुर्लभ रुख पनि चोरी भएको छ । यी सबैको मूल्य १ लाख १८ हजार डलर अर्थात १ करोड ३५ लाख रुपैयाँ भन्दा पनि बढी रहेको छ । सजावटमा प्रयोग हुने सिपांकुको ४ सय वर्ष पुरानो बोनसाईलाई यसै मिहनाको एक प्रतियोगितामा राखिने योजना रहेको थियो । यसको मूल्य ९० हजार डलर अर्थात् १ करोड रुपैयाँ थियो ।
पूर्वी एसिया विशेषगरी जापानमा विशेष प्रविधिको प्रयोग गरेर बोनसाई बनाइने गरिएको थियो । यो वास्तवमै रुख जस्तै देखिन्थ्यो । तर, यसको आकार कैयौ गुणा सानो थियो । यो रुखको रेखदेख गर्दै आएकि सिजी इमुराकी पत्नी पूmयुमीले चोरलाई रुपमा रुखमा पानी हाल्नका लागि अनुरोध गरेकि छन् । बिना पानी बोनसाई १ साता पनि बाच्न नसक्ने उनको भनाई छ ।
पूmयुमीले भनेकि छन्,“म उक्त रुखलाई आफ्नो बच्चालाई जस्तै स्याहार सुसार गर्थे । मलाई यस्तो लागिरहेको छ कि मेरो कुनै अंग काटिएको छ ।” चोर पेशेवर भएका कारण उसले ३ हजार बिरुवा मध्येबाट सर्वाधिक महँगो बोनसाई चोरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्