कुमारी बैंकको नयाँ शाखा सिफलमा «

कुमारी बैंकको नयाँ शाखा सिफलमा

कुमारी बैंकले काठमाडांैको सिफलमा नयाँ शाखा सञ्चालनमा लयाएको छ । बागमती प्रदेशको काठमाडौ महानगरपालिका–८ स्थिते सिफल शाखासमेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखा पुगेका छन् ।
नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत २० वर्षदेखि आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, १४ विस्तारित काउन्टरलगायत ३३ शाखारहित बैंकिंङ इकाइमार्फत अत्याधुनिक बैंकिंङ सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्