आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट «

आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीहरु रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको कम्पनीले जनाएको छ ।
बिजेताले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएक थिए । अफर अनुसार आइएमईले दुवै विजेता वा उनीहरुको सिफारिसमा आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गर्ने बताइएको छ ।
यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेताअन्तर्गत सुनिल मगर, छत्रबहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट भएका छन् । उनीहरूलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर गत असोज १ देखि कात्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा २०० रुपैयाँ थप बोनसको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्