शंकरदेव क्याम्पसमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर «

शंकरदेव क्याम्पसमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आईएमई बैंकले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको सुरुवात गरेको हो । यससँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ८ पुगेको छ ।
ग्लोबल आईएमई बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ च्यानलको माध्यमबाट गराउने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै आएको छ ।
अत्याधुनिक बैंकिङ सुविधा र गुणस्तरीय सेवाको आधारमा ग्लोबल आईएमई बैंक सरकारी राजस्व संकलनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेका निजी क्षेत्रका बैंकहरुमध्ये एक बैंक हो । बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजस्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोतिर मालपोत कार्यालय नारायणगढमा आफ्नो काउन्टर स्थापना गरी सरकारी कार्यालयहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवाप्रदान गर्दै आइरहेको छ । बैंकले १ सय ३३ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १४२ एटीएम, ८ वटा एक्सटेन्सन काउण्टर तथा १ सय १७ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्पmत आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्