हस्तकला कोेसेली मेला हुने «

हस्तकला कोेसेली मेला हुने

नेपाल हस्तकला महासंघले मंगलबारदेखि हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ ।
महासंघले यही कात्तिक १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो । महासंघले कात्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्ण गल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताए । उनले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए ।
संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमकता महासंघको सदस्यलाई दिने बताए । गैर सदस्यहरुलाई स्टलको रेन्ट लिने र त्यसमा छुट नदिएको बताए । कोरोना महाामारीका कारण थला परेको हस्तकला क्षेत्र बिस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्