रुस–चीनको लेजरले अमेरिकी उपग्रहलाई खतरा «

रुस–चीनको लेजरले अमेरिकी उपग्रहलाई खतरा

वासिङटन-अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुस र चीनले अन्तरिक्षमा आफ्नो क्षमता बढाउदै लगेकाप्रति सावधान गराएको छ । यसबाट अमेरिकालाई लेजर हतियार समेत कैयौ किसिमको खतरा बढेको छ । लेजरबाट अमेरिकी उपग्रहलाई निशाना बनाउन र नष्ट गर्न सकिन्छ । पेन्टागनको रक्षा गुप्तर प्रतिवेदनमा भनिएको छ,“चीन र रुसले विशेषगरी अन्तरिक्षमा अमेरिकालाई चुनौती दिनका लागि विविध उपायको विकास गरिरहेका छन ।” सोमबार जारी यो प्रतिवेदनमा रुस तथा चीनको विविध उपग्रह प्रतिरोधी हतियार, इलेक्ट्रोनिक युद्ध प्रणाली, निर्देशित उर्जा हतियार तथा काइनेटिक एन्टि–स्याटेलाईट मिसाइको विवरण दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ,“अमेरिकी उपग्रहलाई निस्तेज पार्न तथा यसमाथि नोक्सानी पु-याउनका लागि रुस र चीनले सम्भावित रुपमा लेजर हतियार हासिल गर्ने प्रयास गरिरहेका छन् । चीनले २०२० सम्ममा जमिनमा आधारित लेजर हतियार तैनाथ गर्न सक्छ । यो हतियार अन्तरिक्षमा न्यून कक्षमा रहने सेन्सरको प्रतिकार गर्नका लागि सक्षम हुनेछ । जबकी रुस पनि यसको विकासमा जुटेको छ ।
गुप्तचर निगरानीमा यो अहम उपग्रह ‘अन्तरिक्षमा सुरक्षा चुनौती’ शीर्षकमा जारी यो प्रतिवेदनमा अन्तरिक्षमा रुस, चीन, इरान तथा उत्तर कोरियाको क्षमताको परिक्षण गरिएको छ ।
अमेरिकी भू–उपग्रह नेभिगेसन तथा हतियारका साधनले उत्तर कोरियाको परमाणु कार्यक्रम, रुस तथा चीनको सैन्य गतिविधिको निगरानीका अतिरिक्त जासुसी जानकारी संकलन गर्ने विषयमा महत्वपूर्ण भूमिका निभाउदै आएको छ । यी उपग्रहमा कैयौ किसिमका सेन्सर पनि लगाइएको छ, जसले सत्रु मुलुकको मिसाइल परिक्षणको समेत पत्ता लगाउने गरेको छ ।
उन्नत सेन्सर तैनाथ गर्नका लागि ट्रम्प प्रशासनले अन्तरिक्षमा उन्नत सेन्सर तैनाथ गर्ने विषयमा सक्रियताका साथ विमर्श गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्