कोरियाको रोजगारीमा १५२ ले ज्यान गुमाए «

कोरियाको रोजगारीमा १५२ ले ज्यान गुमाए

दक्षिण कोरिया-काठमाडौं-ईपिएस लागू भएयताको १२ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । सडक दुर्घटना र कारणै नखुल्ने गरी मृत्यु हुनेको संख्या पनि अधिक छ । दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट तथा जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।
नेपाली युवाको प्रमुख आकर्षक रोजगार गन्तव्य दक्षिण कोरिया जाने क्रम बर्सेनि बढ्दै गइरहेको छ । नेपाली युवाको कोरिया प्रवेश बढेसँगै विभिन्न कारणले मृत्यु हुने संख्या पनि बढ्दै गइरहेको छ । श्रम कानुन र रोजगारजन्य सुरक्षाका लागि विश्वमा नै उदाहरणीय देशमा मानिए पनि मृत्युलाई रोक्न सकिएको छैन ।
नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म १५० जनाले ज्यान गुमाएका छन् । सन् २०१७ मा सबैभन्दा धेरै २३ जनाको विभिन्न कारण निधन भएको छ भने २०१८ मा १४ जनाको निधन भएको छ । २०१९ मा १ जनाको निधन भएको छ । २०१८ मा १४ जनाको विभिन्न कारण निधन भयो । सो अवधिमा आत्महत्या ३, कम्पनी दुर्घटनामा ३, सुतेकै अवस्थामा ३, हृदयघात २, सडक दुर्घटना २ र डुबेर १ जनाको निधन भएको थियो । दक्षिण कोरियामा रोजगारी र घरजम गर्न सन् २००७ देखि आएकामा हालसम्म १५० जना नेपालीको मृत्यु भएको छ । कोरियामा करिब ५० हजारको हाराहारीमा नेपालीको बसोबास छ । कोरियामा मृत्युका कारण आत्महत्या, कम्पनी दुर्घटनामा, हृदयघात, बिरामी र कारण खुल्न नसकेका मृत्युका विभिन्न कारणहरू रहेका छन् ।
ईपिएस लागू भएयताको १२ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । सडक दुर्घटना र कारणै नखुल्ने गरी मृत्यु हुनेको संख्या पनि अधिक छ । दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट तथा जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् । कोरियामा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशी दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक हुने बताउँछन् ।
कोरियामा आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन रहेकोे बताइन्छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रीकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको छ । त्यस्तै, ज्यान गुमाउनुको मुख्य कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन गर्नु र नियमित स्वास्थ जाँच नगाराउनु इत्यादि रहेका छन् । कोरियामा सन् २०१३ मा १८, २०१४ मा ८ जनाको निधन भएको थियो । यसैगरी २०१५ मा २२ जनाको निधन भएको दूतावासको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा आत्महत्या ८, कम्पनी दुर्घटनामा ४, सुतेकै अवस्थामा २, हृदयघात ४, अकारण ३ र हत्या १ जनाको भएको छ । २०१६ मा आत्महत्या ७, कम्पनी दुर्घटनामा ५, सुतेकै अवस्थामा ४, हृदयघात १, सडक दुर्घटना २, रोगले १ गरी २० जनाको निधन भएको थियो । २०१७ मा २३ जनाको निधन भएका मध्ये आत्महत्या ७, कम्पनी दुर्घटनमा ८, सुतेकै अवस्थामा ३, अकारण ३ र रोगले २ जना रहेका थिए । २०१८ मा १५ जनाको निधन भएकोमा आत्महत्या ३, कम्पनी दुर्घटनामा ३, सुतेकै अवस्थामा ३, हृदयघात २, सडक दुर्घटना २, उपचारका क्रममा १ र डुबेर १ जनाको निधन भएको छ ।
सरकारले विदेशमा नेपालीको आत्महत्याका घटनाहरूको विषय संवेदनशील भएको जनाउँदै आएको छ । नेपाल र श्रम गन्तव्य दुवै देशको सरकारले उत्तिकै प्राथमिकताका साथ चासो दिएर आपसी सहकार्य गरेर मृत्युका कारण रोकथामका लागि पहल गर्नुपर्ने बताइँदै आएको छ । युवाको आर्कषण श्रम गन्तव्य दक्षिण कोरियामा नेपालीको मुत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको कोरियाका लागि पूर्व श्रमसहचारी अनिल गुरुङले एक कार्यक्रममा पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
उनले प्रस्तुत गरेको प्रस्तुतिमा रोजगारीका लागि कोरिया गएर हालसम्म मृत्यु हुने नेपालीमध्ये आत्महत्या मृत्युको दोस्रो कारण बनेको उल्लेख छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चारजनाले आत्महत्या गरेका छन् । ईपीएस शाखा नेपालका अनुसार कोरिया जाने नेपाली कामदार जे सोचेर कोरिया जान्छन्, त्यो भन्दा विपरीत अत्यधिक कामका कारण विस्तारै निरास भएर आत्महत्याको बाटो रोज्ने गरेका छन् । कोरियामा कुल मृत्युमा करीब २८ प्रतिशत आत्महत्याको कारणले मृत्यु हुने गरेको छ ।

धेरै मृत्यु भने मलेसियामा
वैदेशिक रोजगारीमा गएर हालसम्म सबैभन्दा धेरै मलेसिया गएका कामदारले आत्महत्या गर्ने गरेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको तथ्यांकमा उल्लेख छ । विगत ५ वर्षमा मलेसिया गएका कामदारमध्ये १४४ जनाले आत्महत्या गरेका छन्् । यसरी नै दोस्रोमा साउदी अरब रहेको छ र सो अवधीमा साउदी अरब जाने ६० नेपालीले आत्महत्या गरेका थिए । यसरी नै तेस्रो र चौथो स्थानमा क्रमशः कतार र यूएई रहेका छन् ।
वैदेशिक रोजगारीमा गएका कामदारले कामको कारणले उत्पन्न मानसिक नैराश्यता, उच्च आकांक्षा तर न्यून प्रतिफल, पारिवारिक वितृष्णा तथा उपयोगितापरक घरपरिवारका कारण आत्महत्याको बाटो रोज्ने गरेका पूर्व श्रमसहचारी गुरुङ बताउँछन् । यसरी नै शारीरिक तथा मानसिक कमजोरी, भाषा, संस्कृति तथा खानपानको अनमेल वातावरण, सहकर्मीहरू तथा रोजगारदाताको दुव्र्यवहार र विगतको मानसिक रोगका कारण पनि आत्महत्या गर्ने गरेको देखिएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूमा आत्महत्या दर बढी देखिएपछि सरकारले यसको रोकथामका लागि पहल गर्नुपर्ने भएको छ ।

मृत्युसँगै आर्थिक सहायता पनि बढ्यो
चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा मात्र विदेश मृत्यु भएका २१६ नेपाली युवाका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।
आर्थिक सहायता लिने मृतक परिवारको संख्या हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम वर्षेनी बढ्दै गइरहेको छ । मृत्यभन्दा त्यसका लागि दिइने सहयोग कार्यक्रमसँगै अकालमा हुने मृत्युलाई रोक्न प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने देखिएको छ । सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनाभित्रमा मृत्यु भएका नेपालीको संख्यालाई हेर्दा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा विदेश मृत्यु हुने गरेको डरलाग्दो तंथ्याक रहेको देखिन्छ ।
सरकारले श्रम स्वीकृति समाप्त भएको १ महिनाभित्र आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति ७ लाख रुपैयाँ दिने गरेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । सरकारले दिने आर्थिक सहयोग भन्दा पनि श्रम गर्न योग्य युवाको मृत्युले पारिवार र देशमा पुग्ने क्षति रोक्नुपर्ने देखिएको छ ।
यो मृतकको संख्या आर्थिक सहायता पाउन मापदण्ड पुगेका कामदारको मात्र हो । यस बाहेक पनि विदेशमा मृत्यु भएका युवाको संख्या यसको आधा हुने अनुमान छ । श्रम स्वीकृति म्याद समाप्त भएर १ वर्षसम्म विदेशमा मृत्य भएका नेपाली कामदारले सरकारबाट आर्थिक सहायता पाउन सक्ने प्रावधान रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
यसैगरी विगत ३ महिनामा विदेशमा रोजगारीका क्रममा सामान्यदेखि गम्भिर रुपमा अंगभंग भएका ७५ युवाले समेत बोर्डबाट आर्थिक सहायता लिएका छन् । यसरी अंगभंग भएका युवाले अवस्था हेरेर प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म आर्थिक सहायता पाउने प्रावधान रहेको छ ।

निकुञ्ज तिवारी-गोपाल संग्रौला

प्रतिक्रिया दिनुहोस्